६ कार्तिक २०८१, मंगलवार
,
Latest
वीरगञ्जको क्रिकेट मैदान स्तरोन्नति गरिँदै खुर्कोट स्थित सुनकोशी नदीमा वेली वृज जडान: आवागमन सुचारु- फोटो फिचर टिनका टहराबाट मुक्तभए वेदकोटका पौरखी मुक्तकमैया नारायणगढ–मुग्लिन सडकको खहरेबाहेकका सबै पुल यसै महिना सञ्चालनमा आउने असिनाले धानबाली नष्ट हुँदा कृषक चिन्तित दसैँ–तिहारलाई कोसेली कर्णालीको स्याउ परराष्ट्रमन्त्रीका सय दिनः कूटनीतिक सक्रियता, सम्बन्ध विस्तारमा जोड विश्वबन्धुत्वको सन्देश लिएर राष्ट्रगान यात्री नेपाली भारत यात्रामा घट्दै मखमली फूल र मालाको माग, निराश छन् गुण्डुवासी विविध कार्यक्रमका साथ जङ्गी अड्डामा राष्ट्रसङ्घ स्थापना दिवस मनाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस अर्घाखाँचीको सयदिने अभियान सुरु



अ+ अ-

अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँचीले सोमबारदेखि पार्टी सङ्गठन सुदृढीकरणको सयदिने अभियान सुरु गरेको छ ।

अभियान सञ्चालनका लागि कांग्रेस केन्द्रीय समितिले केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य सञ्जय गौतमलाई खटाएको छ । अर्घाखाँची खटिनुभएका केन्द्रीय सदस्य गौतमले चुनावमा पराजित भएर छिन्नभिन्न भएका कांग्रेसका नेता तथा कार्यकर्तालाई अभियानले एक ढिक्का बनाउने बताउनुभयो ।

अभियानका लागि अर्घाखाँची कांग्रेसले पूर्वसभापति, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, जिल्लाका पदाधिकारीलाई छ स्थानीय तहका ६१ वटा वडामा खटाएको नेपाली कांग्रेसका जिल्ला सचिव कृष्णप्रसाद खनालले जानकारी दिनुभयो ।
सयदिने अभियानका क्रममा पार्टी कार्यालय व्यवस्थित गर्ने, मासिक रुपमा सबै तहका बैठक र वडा तहसम्म यथाशीघ्र सम्मेलन गर्ने, वार्षिक कार्ययोजना बनाउने, सङ्गठन विस्तारका लागि सामाजिक र राजनीतिक गतिविधि बढाउने, सदस्यता घरआँगन कार्यक्रमलाई प्रभावकारी बनाइने कांग्रेसका अर्का जिल्ला सचिव अच्युत गौतमले जानकारी दिनुभयो ।

भ्रातृ र शुभेच्छुक सङ्गठनमा रिक्त पदपूर्ति गर्ने, पार्टीमा योगदान दिने ज्येष्ठ सदस्यको सम्मान, द्वन्द्वपीडित, घाइते र सहिद परिवारको सम्मान गरिने नेपाली कांग्रेसका जिल्ला सभापति केशव श्रेष्ठले बताउनुभयो । अभियान आउँदो पुस १६ गते बिपी जयन्तीका दिन समापन हुनेछ ।