५ कार्तिक २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बेलायतबाट हर्क साम्पाङको चेतावनी– ‘धेरै रडाको नमच्चाउनू’



फाइल फोटो
अ+ अ-

काठमाडौं । वडाध्यक्षलाई कार्यवाहकको जिम्मेवारी दिएर स–परिवार बेलायत पुगेका धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले अदालतको आदेशलाई समेत चुनौती दिएका छन् ।

साम्पाङले आज फेसबुकमा स्टाटस र भिडिओमा आफूलाई अदालतले नभई जनताले मेयर बनाएको बताएका हुन् । कसलाई कार्यवाहक दिने या नदिने सबै अधिकार आफूमा हुने भन्दै साम्पाङले रडाको नमच्चाउनू भन्दै चेतावनीसमेत दिएका छन् ।

उच्च अदालत विराटनगरले वडा नम्बर ११ का अध्यक्ष लोकेन्द्र फागोलाई कावा दिने साम्पाङको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिइसकेको छ ।

आफूले नागरिकको मताधिकारका आधारमा वडाअध्यक्षलाई कार्यवाहकको जिम्मेवारी दिएको साम्पाङको जिकिर छ । उनले भनेका छन्– ‘मैले जसलाई अधिकार दिएको छु उही कार्यवाहक हो । केही हल्ला नगर । मलाई कुनै अदालतले चुनेको होइन ! लोकतन्त्रमा सार्वभौम नेपाली नागरिकको शासन गर्ने अधिकार मताधिकारले चुनेको हो ! म ५ वर्षसम्म धरानको प्रमुख हुँ जुन जनताले बनाउनुभएको हो ! मैले नागरिकले दिएको अधिकार दिएर ११ नं को अध्यक्षलाई कार्यवाहक छोडेको छु ! मैले जसलाई अधिकार दिएँ उही हो कार्यवाहक ! केही हल्ला नगर !’

उनले अगाडि लेखेका छन्– ‘मुख छाड्नु नपरोस् ! धरानको विकासका लागि म दुई दिन यूके आउँदा बद्नाम गर्दै नबस है ।’

Video | Facebook