५ पुष २०८२, शनिबार
,
Latest
दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी साफ महिला च्याम्पियनसिपः एपिएफलाई हराउँदै इस्ट बङ्गाल विजयी गृहमन्त्री अर्यालद्वारा नुवाकोटस्थित केन्द्रीय कारागारको निरीक्षण विधि र प्रक्रिया पूरा गरेर महाधिवेशन हुनुपर्छ- नेता सिंह राजनीतिमा मिल्न बाँकी हिसाब ! ‘पार्टीलाई थप सुदृढ बनाउन एकताबद्ध भएर लाग्छौँ’ पत्रकारले आचारसहिंता पुर्ण रूपले गर्नुपर्नेमा जोड टेबलटेनिस प्रतियोगितामा रुविन र इभानालाई स्वर्ण ‘प्रदेश र स्थानीय तहलाई क्षेत्राधिकार हस्तान्तरण नहुँदा सङ्घीयता कमजोर बनेको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

उर्मिला चौधरी ‘ग्लोबल एन्टी–रेसिज्म च्याम्पियन्स अवार्ड’ बाट सम्मानित



अ+ अ-

काठमाडौं । अमेरिकी विदेश मन्त्रालयले यस वर्षको “ग्लोबल एन्टी–रेसिज्म च्याम्पियन्स अवार्ड” नेपालकी उर्मिला चौधरी समेत विश्वका छ जनालाई प्रदान गरेको छ ।

उक्त अवार्ड वासिङटन डिसीमा आयोजित एक कार्यक्रममा अमेरिकी विदेश मन्त्री एन्थोनी ब्लिन्केनले प्रदान गर्नु भएको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ ।

चौधरीलाई नेपालमा सीमान्तकृत जाति र जातीय समुदायको अधिकारलाई अगाडि बढाउने र प्रणालीगत जातीय भेदभाव र छरछिमेक दुर्व्यवहार विरुद्ध लड्नको लागि उनको समर्पणको लागि सम्मान गरिएको मन्त्रालयले जनाएको छ ।

चौधरी आदिवासी अधिकार रक्षक र लैङ्गिक र श्रम कार्यकर्ता हुनुहुन्छ । उहाँलाई १७ वर्षको उमेरमा बाल घरेलु दासताबाट उद्धार गरिएको थियो। चौधरीले स्वतन्त्र कमलरी विकास मञ्च गठन गर्नुका साथै पूर्व कमलरीहरूलाई सशक्त बनाउन बिभिन्न कार्यक्रम गर्नुभएको छ ।

यो पुरस्कारबाट घानाका डिन्टी सुले तायिरु ,उत्तर मकदोनियाका एल्भिस शाक्जिरी , मेक्सिकोका तान्या डिउरिट, बोलिभियाका टोमासा यारहुई जकोमे,नेदरल्याण्डसका जोन लिडमपनि पुरस्कृत हुनु भएको छ ।