५ कार्तिक २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालले माल्दिभ्सलाई ११-० गोलले हरायो, रेखा एक्लैको ५ गोल



अ+ अ-

काठमाडौं । साफ महिला च्याम्पियशिप फुटबलमा नेपालले माल्दिभ्सविरुद्ध सानदार जित निकालेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भर्खरै सम्पन्न खेलमा नेपालले माल्दिभ्सलाई ११-० गोलले हराएको हो ।

नेपाललाई फराकिलो जित दिलाउन रेखा पौडेल एक्लैले ५ गोल गरिन् भने प्रीति राईले ह्याट्रिक गरिन् । यस्तै, सबिता रानामगर अनिता केसी र अमिशा कार्कीले १-१ गोल गरे ।

रेखाले ३२, ४२, ४८, ६३ र ७८ औं मिनेटमा गोल गरिन् । प्रीतिले ६, ६५ औ र ८७ औं मिनेटमा (पेनाल्टीमार्फत) गोल गर्दै ह्याट्रिक पूरा गरिन् ।

यस्तै, सबिताले २८, अनिताले ६८ र अमिशाले ८८ औं मिनेटमा गोल गरे ।