३१ असार २०८३, बुधबार
,
Latest
सम्पत्ति छानबिन नगर्न अन्तरिम आदेश पेट्रोलियम पदार्थको मूल्य यथावत् चार ‘एमिकस क्युरी’ सिफारिस आइटी उद्योगसँग विश्वविद्यालय जोड्न सरकारको पहल, रोजगार र करियर मेला सञ्चालन गरिने सेरीघाट–नाग्म सडक स्तरोन्नति हुँदै गिद्ध संरक्षणसँगै पर्यटकीय र अध्ययन केन्द्रका रूपमा विकसित हुँदै जटायु रेष्टुरेन्ट प्रतिष्ठित डाना कपमा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ पुनः मनोनित संसदको जीवन्तता सांसदहरू जनतासँग कति निकट छन् भन्ने कुराले निर्धारण गर्दछ सुदूरपश्चिममा बजेट पारित गर्न दलहरूसँग संवाद जारी कोशी प्रदेशको पर्यटन प्रवर्द्धन गर्न धरानमा ‘कोरा राइड साइक्लिङ च्यालेन्ज’
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालले माल्दिभ्सलाई ११-० गोलले हरायो, रेखा एक्लैको ५ गोल



अ+ अ-

काठमाडौं । साफ महिला च्याम्पियशिप फुटबलमा नेपालले माल्दिभ्सविरुद्ध सानदार जित निकालेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भर्खरै सम्पन्न खेलमा नेपालले माल्दिभ्सलाई ११-० गोलले हराएको हो ।

नेपाललाई फराकिलो जित दिलाउन रेखा पौडेल एक्लैले ५ गोल गरिन् भने प्रीति राईले ह्याट्रिक गरिन् । यस्तै, सबिता रानामगर अनिता केसी र अमिशा कार्कीले १-१ गोल गरे ।

रेखाले ३२, ४२, ४८, ६३ र ७८ औं मिनेटमा गोल गरिन् । प्रीतिले ६, ६५ औ र ८७ औं मिनेटमा (पेनाल्टीमार्फत) गोल गर्दै ह्याट्रिक पूरा गरिन् ।

यस्तै, सबिताले २८, अनिताले ६८ र अमिशाले ८८ औं मिनेटमा गोल गरे ।