८ पुष २०८२, मंगलवार
,
Latest
जेनजी आन्दोलनको मर्मअनुसार सबै निर्वाचनमा सहभागी होऔँ: संरक्षक चौधरी यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई विमानस्थलमा प्रवेशमा रोक कोलम्बियामा अपहरण गरिएका १८ सैनिक रिहा गृहमन्त्री अर्यालद्वारा भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको निरीक्षण आगलागीमा करिब तीन लाख क्षति, एक महिला घाइते वन तथा सडक क्षेत्र अतिक्रमण गरी बनाइएका घरटहरा भत्काइयो प्रदेश राजधानी सुन्दर र सुरक्षित बनाउन उद्योग वाणिज्य सङ्घको आग्रह श्रीकृष्ण माविलाई चौथो पटक राष्ट्रपति रनिङ शिल्ड सुनचाँदी पसले नै सुन चोरीमा संलग्न भएपछि… मुख्यमन्त्री कार्कीद्वारा म्याङलुङ बसपार्क र मेयङलुङ कृषि शीतभण्डार उद्घाटन
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओल्गा एक असाधारण समाजसेवी: मन्त्री डा राणा



अ+ अ-

पाटन । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले ओल्गा डेविस मरी एक असाधारण सामाजसेवी रहेको बताउनुभएको छ ।

नेपाल युथ फाउण्डेशनद्वारा ललितपुर महानगरपालिका–२२ चुनिखेलस्थित ओल्गापुरी भिलेजमा आयोजित स्वर्गीय मरीको सालिक अनावरण गर्दै मन्त्री डा राणाले ओल्गाले जीवनमा आफूलाई हजारौँ बालबालिकाहरुको भविष्य निर्माणमा निस्वार्थ रूपमा समर्पित गरी असाधारण काम गरेको बताउनुभयो ।

“ओल्गा एक असाधारण समाजसेवी हुन्, जसलाई म यहाँका हरेक बालबालिकामा पाउँछु, उहाँले गर्नुभएको कामले हामीलाई छोएको छ, जब मैले ओल्गाको सालिक अनावरण गरें, तब मैले उहाँले सृजना गरेको विरासत र उहाँले भविष्य निर्माण गरिदिनुभएको हजारौँ मानिसको भावनालाई चीरस्मरणीय राख्न महत्वपूर्ण काम भएको महसुस गरेको छु”, डा राणाले भन्नुभयो ।

ओल्गा डेविस मरी नेपाल युथ फाउण्डेशनको संस्थापक हुन् । अमेरिकी नागरिक मरीले फाउण्डेशनमार्फत विगत ४० वर्षदेखि नेपाल र नेपाली बालबालिकाहरुका लागि जीवन समर्पित गर्दै आउनुभएको थियोे । अवसरविहिन बालबालिका र युवाको भविष्य निर्माण गर्न सहयोग पु¥याउने हेतुले सञ्चालित ओल्गापुरी भिलेज बालबालिका र युवाका लागि मरीको अमूल्य उपहार भएको संस्थाका कार्यकारी निर्देशक राजु धमलाले बताउनुभयो ।

मरीले पु(याउनुभएको योगदानको कदर गर्दै सरकारले गोर्खा दक्षिणबाहु विभूषणबाट सम्मानित गरेको थियो । सरकारले उनलाई नेपालका लागि आजीवन आवासीय भिषा प्रदान गरेको थियो । ओल्गा मरीको ९८ वर्षको उमेरमा गत फ्रेब्रुअरी २०२४ मा देहान्त भएको थियो । फाउण्डेशनले ओल्गापुरी भिलेज हाताभित्र मरीको सालिक स्थापना गरेको हो ।

सालिक अनावरण कार्यक्रममा बागमती प्रदेशका यातायातमन्त्री प्रेमभक्त महर्जन, ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन, नेपालका लागि अमेरिकी राजदूत डिन आर थोम्प्सन, महानगर उपप्रमुख मञ्जली शाक्य बज्राचार्य, ललितपुरका प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठलगायतको उपस्थिति रहेको थियो । रासस