१८ पुष २०८१, बिहीबार
,
Latest
बर्खामा पनि मेलम्चीको पानी आपूर्ती बन्द नहुने: खानेपानीमन्त्री प्रदीप यादव प्रधानमन्त्री ओली र पूर्व राष्ट्रपति भण्डारीबीच भेटवार्ता चिसो मौसममा आज अकस्मात किन तात्यो राजनीति ? ग्लोबल आइएमई बैंकको १८औं वार्षिकोत्सवको अवसरमा फोनपे क्यूआरमा आवद्ध मर्चेन्टलाई विषेश उपहार योजना माओवादी बैठकमा केन्द्रीय समितिको ‘एजेण्डा’बारे छलफल ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सव, सुरक्षित डिजिटल बैंकिङ्ग सेवा विस्तार गर्न अध्यक्ष ढकालको जोड ‘जुझारु’ नोबेल पुरस्कार विजेता नर्गिस मोहम्मदी जेल परे पनि अवज्ञाकारी विधेयक, कानून निर्माण सहजिकरण कार्यदल बैठकः विचाराधिन विधेयक सम्बन्धमा दुई दलले फोकल पर्सन तोक्ने प्रतिभाशाली बालकमाथि पारिवारिक बेमेल र सामाजिक सञ्जालको भाइरल प्रवृत्तिले असर पुर्यायोः प्रधानमन्त्री पिलीमा ‘युद्ध सङ्ग्रहालय’ निर्माण गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘अतिक्रमण हुँदा कर्मनाशा खोला हाउजिङमा पस्यो’



अ+ अ-

पाटन । अतिक्रमण हुँदा कर्मनाशा खोला हिलभ्यू हाउजिङमा पसेकाले यसतर्फ सङ्घ, प्रदेश र स्थानीय तहले ध्यान दिनुपर्नेमा जोड दिइएको छ । गत असोज ११ र १२ गते परेको अविरल वर्षाका कारण कर्मनाशा खोलाको बाढी ललितपुरको महालक्ष्मी नगरपालिका–२ स्थित हिलभ्यू हाउजिङ (बालकुमारी कोलोनी) मा पसेको थियो ।

बाढीले भुइँ तला पूरै डुबाएको हाउजिङका अध्यक्ष मोहन भट्टराईले जानकारी दिनुभयो । “पन्ध्र वर्षदेखि हामी कोलोनीमा बसिरहेका छौँ, अहिलेसम्म यस्तो समस्या आएको थिएन, २०७२ सालको भूकम्पमा पनि क्षति व्यहोर्नुपरेको थिएन, कर्मनाशा खोलाको ललितपुर महानगरपालिकातर्फ करिडोर अतिक्रमण हुँदा अहिले क्षति व्यहोर्नु पर्‍यो”, उहाँले भन्नुभयो ।

उक्त क्षेत्रको भौगोलिक बनावट र जोखिम तत्काल अध्ययन गरी कुन कुन स्थानमा कति जोखिम छ भनेर पत्ता पत्ता लगाउन आवश्यक छ । मनोहरामा मिसिने कर्मनाशा खोला सिधै गएर मिसिएकामा सो खोलाको मिलन विन्दुको आकार फराकिलो बनाई ‘वाई’ आकारमा मिसिने व्यवस्था गर्न सम्बन्धित निकायले ध्यान दिनुपर्ने अध्यक्ष भट्टराईको भनाइ छ । उहाँले यस्तो विपद् व्यवस्थापनका लागि दीर्घकालीन उपाय खोजी गरी समाधान गर्नुपर्नेमा जोड दिनुभयो । च्यासलस्थित नेपाल कम्युनिष्ट पार्टी ९एमाले० पार्टी कार्यालय नजिक रहेको मनोहरा खोलाको पुललाई प्रतिस्थापन गरी रिङरोडमा रहेको पुल सरह अग्लो बनाउनुपर्ने अध्यक्ष भट्टराईले बताउनुभयो ।

पन्ध्र वर्षदेखि सञ्चालनमा रहेको उक्त कोलोनीमा ७२ परिवारको बसोबास रहेको सचिव अक्षय गौतमले बताउनुभयो । बाढीबाट रु २० करोड बराबरको क्षति भएको उहाँको भनाइ छ । कर्मनाशा खोलाको पूर्वतर्पm अर्थात् महालक्ष्मीनगर पालिकातर्पm करिडोर तथा कच्ची सडक निर्माण भइसकेकामा त्यसको पश्चिमतर्फ ललितपुर महानगरपालिकाले पनि तत्कालै करिडोर खाली गराएर करिडोरमा सडक बनाउनुपर्ने अवस्था रहेको उहाँको भनाइ छ ।

कोनोनीका सदस्य मनोज खड्काले कर्मनासा खोलाको दायाँबायाँ करिडोर सडक निर्माण गरेर तथा खोलालाई अतिक्रमण हुनबाट बचाई खोलाले आफ्नो बाटोमा बग्ने संरचना बनाउन आवश्यक पहल गर्न माग गर्नुभयो । “कर्मनाशा खोलाको पूर्वतर्पmको कोरिडोरको भाग खाली गरी सडक निर्माण गर्न हामीले सहयोग गरेका छौँ । पश्चिमतर्फ ललितपुर महानगरपालिकातर्फ करिडोर खाली नगरेकाले खोलाको सबै बहाव हाउजिङतर्पm मोडिएकाले अत्यधिक क्षति व्यहोर्नु पर्‍यो”, उहाँले भन्नुभयो । कर्मनाशा, मनोहरा तथा बागमतीमा फोहर मैला तथा बालुवा भरिएका कारण खोलाको गहिराई कम हुँदै गएकाले नियमित सफा गरी वास्तविक गहिराइ कायम गर्नुपर्ने खड्काले बताउनुभयो । खोला बग्ने स्थानमा उद्यान र कोरिडोर निर्माण भएकाले चौडाइ बढाउन तथा चौडाइमा एकरुपता कायम गर्नुपर्ने उहाँको भनाइ छ ।