१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar भोटेकोशी बाढी : प्रसनिसहित २५ प्रहरी अझै बेपत्ता, तीन जनाको शव फेला News Polar मतदाता सहभागिता बढाउन र बदर मत घटाउन दललाई प्रमुख निर्वाचन आयुक्त कार्कीको आग्रह News Polar नयाँबसपार्कमा यात्रु सहायता कक्ष स्थापना News Polar सभामुख अर्यालद्वारा संसदको कार्यसम्पादनको प्रशंसा, जलवायु मुद्दा प्राथमिकतामा राख्ने प्रतिबद्धता News Polar प्रतिनिधि सभाको दोस्रो अधिवेशन सम्पन्नः १४५ दिनमा १२ विधेयक पारित, विपद् व्यवस्थापनमा विशेष समितिको गठन News Polar टिपरले ठक्कर दिँदा एकको मृत्यु, पाँच जना घाइते News Polar राष्ट्रिय सभाको २१ औं अधिवेशन सम्पन्नः १४५ दिनमा ५२ बैठक, के–के भए उपलब्धि ? News Polar सात विधेयक दफावार छलफलका लागि संसदीय समितिमा पठाइयो News Polar धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध पुनः खोलिँदै News Polar ओडारमा लुकाइराखेको अवस्थामा ३ थान भरुवा बन्दुक बरामद News Polar संसदको कार्यशैलीप्रति आचार्यको प्रश्न : ‘संसद बोल्ने मञ्च मात्र हो कि समाधान खोज्ने ?’ News Polar काठमाडौं क्लाइमेट विक २०२६ सुरु, जलवायु न्यायदेखि विश्वव्यापी कूटनीतिसम्म बहस हुने News Polar दुई तिहाइको दम्भले सुशासन ओझेलमा परेको एमाले मुख्य सचेतक मेचेको आरोप News Polar सरकारको ६ महिने कार्यकाल पूर्णतः असफल : झक्कुप्रसाद सुवेदी News Polar राष्ट्रपति पौडेलसमक्ष भाषा आयोगको वार्षिक प्रतिवेदन पेश News Polar राष्ट्रिय सभाको संवैधानिक अस्तित्व र संसद्को गरिमा सरकारले उपेक्षा गर्‍यो : कमला पन्त News Polar लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको ९ वर्षपछि धनुषाका १८६ स्ववासी परिवारले पाए लालपुर्जा News Polar असोज पहिलो १५ दिनको करदाता उपहार सार्वजनिक, लालबाबु साहले पाए १० लाख बम्पर News Polar करदाता प्रोत्साहन उपहारमा १६ जना विजेता, एक जनाले जिते १० लाख News Polar ‘डोजरे विकास’ ढाँचाले हिमाली पर्यावरण बिगार्‍योः सचेतक परियार

बीउ विजन विक्री वितरणमा कडाईका साथ अनुगमन हुन्छ: मन्त्री अधिकारी

बीउ विजन विक्री वितरणमा कडाईका साथ अनुगमन हुन्छ: मन्त्री अधिकारी
अ अ+ अ-

काठमाडौँ । कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले बीउ बिजन नियमावलीअनुसार बीउ विजन विक्री नगरे कारबाही हुने बताउनुभएको छ ।

सोमवार मन्त्रालयमा मन्त्रालय सम्हालेको सय दिन पूरा भएको अवसरमा आयोजित पत्रकार सम्मेलनमा उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले निजी तहबाट बीउ बिजन किनेर ल्याउने गरेको भन्दै कागजात नराखेका ठाउँमा बीउ बिजन नियमावलीअनुसार कारबाही हुने बताउनु भयो । किसान पनि बीउ बिजनहरु किन्दा सचेत रहनुपर्ने बताउनु भयो । उहाँले बीउ विजन विक्री वितरणमा कडाईका साथ अनुगमन गर्ने बताउनु भयो । बाढी, पहिरो र डुबानका कारण कृषि तथा पशुपंक्षी क्षेत्रमा करिव ६ अर्ब नोक्शानी भएको बताउनु भयो । विपद्बाट प्रभावित किसानलाई राहत उपलब्ध गराउने विषयमा सरकारले आफ्नो सामथ्र्यले भ्याएसम्म कामअघि बढाइसकेको जानकारी दिनुभयो । मन्त्रालयको जिम्मेवारी सम्हालेपछि केही नीतिगत तथा संस्थागत सुधार र कृषकहरुलाई उपलब्ध गराइने सहुलियत/सेवा प्रवाहमा सुधार गर्ने प्रयास भएको छ।

रासायनिक मलको सहज उपलब्धता, दुग्ध कृषकलाई दिनुपर्ने भुक्तानी, उखु किसानले पाउनुपर्ने प्रोत्साहन अनुदानको निकासा, बाली बीमा कार्यक्रमको प्रभावकारी रुपमा सुचारु तथा कार्यान्वयन लगायतका महत्वपूर्ण उपलब्धिहरु हासिल भएको बताउनु भयो । हालसम्मै उच्च मात्रामा रासायनिक मल आपूर्ति गर्न र उखु कृषकलाई समयमै प्रोत्साहन अनुदान उपलब्ध गराउन मन्त्रालय सफल भएको दाबी गर्नुभयो । अधिकांश दुग्ध कृषकको जेठ मसान्तसम्मको भुक्तानी हुन बाँकी रकम उपलब्ध गराइएको र यस अवधिमा थप १ लाख ३५ हजार किसान सूचीकृत भएको जानकारी दिनुभयो । १ लाख ७९ हजार ७ सय पशुवस्तुमा कृत्रिम गर्भाधान सेवा प्रदान गरिएको र पशुपंक्षीमा लाग्ने सङ्क्रामक रोगविरुद्ध ५० लाख मात्रामा खोप उत्पादन भई वितरण भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामीले प्राइभेट तहबाट यो बीउ किनेर ल्याएका छौँ । कि त त्यसको कागज राख्नुपर्‍यो । कहाँबाट किनेर ल्याएको हो । कारबाहीमा जानुपर्‍यो । होइन भने यस पटक बीउ बिजन नियमावली आएको छ । त्यसअनुसार कारबाही हुन्छ । त्यसका लागि हामी अलि सचेत रहनुपर्छ । बीउ बिजन नियमावली आएको छ । त्यसखनुसार कारबाही हुन्छ । व्यक्ति जो कोही होस् । निजी तह होस्, सरकारी तह होस् । त्यस्तो बीउ बिजन वितरण र विक्री गर्न पाइँदैन । यसमा कडाईका साथ आगामी दिनमा अघि बढ्छौँ ।’

मन्त्री अधिकारीले वैशाख ७ गतेलाई राष्ट्रिय याक दिवसका रुपमा मनाउने घोषणा गरेको र प्रयोगशाला सुविधासहितका १३ वटा एकीकृत कृषि तथा पशुपन्छी सेवा केन्द्र सम्बन्धित १३ वटा स्थानीय तहहरुलाई हस्तान्तरण गरिएको बताउनु भयो । खाद्य वस्तुको स्वच्छता तथा गुणस्तर कायम गर्न तथा नियमित बजार अनुगमनलाई प्रभावकारी बनाउन खाद्यवस्तुको स्वच्छता तथा गुणस्तर जाँचका यन्त्रहरु जडित मोबाइल भ्यान सञ्चालनमा ल्याइएको बताउनु भयो ।