१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar भोटेकोशी बाढी : प्रसनिसहित २५ प्रहरी अझै बेपत्ता, तीन जनाको शव फेला News Polar मतदाता सहभागिता बढाउन र बदर मत घटाउन दललाई प्रमुख निर्वाचन आयुक्त कार्कीको आग्रह News Polar नयाँबसपार्कमा यात्रु सहायता कक्ष स्थापना News Polar सभामुख अर्यालद्वारा संसदको कार्यसम्पादनको प्रशंसा, जलवायु मुद्दा प्राथमिकतामा राख्ने प्रतिबद्धता News Polar प्रतिनिधि सभाको दोस्रो अधिवेशन सम्पन्नः १४५ दिनमा १२ विधेयक पारित, विपद् व्यवस्थापनमा विशेष समितिको गठन News Polar टिपरले ठक्कर दिँदा एकको मृत्यु, पाँच जना घाइते News Polar राष्ट्रिय सभाको २१ औं अधिवेशन सम्पन्नः १४५ दिनमा ५२ बैठक, के–के भए उपलब्धि ? News Polar सात विधेयक दफावार छलफलका लागि संसदीय समितिमा पठाइयो News Polar धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध पुनः खोलिँदै News Polar ओडारमा लुकाइराखेको अवस्थामा ३ थान भरुवा बन्दुक बरामद News Polar संसदको कार्यशैलीप्रति आचार्यको प्रश्न : ‘संसद बोल्ने मञ्च मात्र हो कि समाधान खोज्ने ?’ News Polar काठमाडौं क्लाइमेट विक २०२६ सुरु, जलवायु न्यायदेखि विश्वव्यापी कूटनीतिसम्म बहस हुने News Polar दुई तिहाइको दम्भले सुशासन ओझेलमा परेको एमाले मुख्य सचेतक मेचेको आरोप News Polar सरकारको ६ महिने कार्यकाल पूर्णतः असफल : झक्कुप्रसाद सुवेदी News Polar राष्ट्रपति पौडेलसमक्ष भाषा आयोगको वार्षिक प्रतिवेदन पेश News Polar राष्ट्रिय सभाको संवैधानिक अस्तित्व र संसद्को गरिमा सरकारले उपेक्षा गर्‍यो : कमला पन्त News Polar लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको ९ वर्षपछि धनुषाका १८६ स्ववासी परिवारले पाए लालपुर्जा News Polar असोज पहिलो १५ दिनको करदाता उपहार सार्वजनिक, लालबाबु साहले पाए १० लाख बम्पर News Polar करदाता प्रोत्साहन उपहारमा १६ जना विजेता, एक जनाले जिते १० लाख News Polar ‘डोजरे विकास’ ढाँचाले हिमाली पर्यावरण बिगार्‍योः सचेतक परियार

उपचारमा रगत अभाव हुन नदिन सघन रक्तदान आयोजना हुँदै

उपचारमा रगत अभाव हुन नदिन सघन रक्तदान आयोजना हुँदै
अ अ+ अ-

महोत्तरी । चाडबाडका बेला हुने समस्या र उपचार कार्यमा रगत अभाव हुन नदिन नेपाल रेडक्रस सोसाइटी बर्दिबास उपशाखाले सघन रक्तदान अभियान सञ्चालन गरिरहेको जनाएको छ ।

दसैँताका अस्पतालहरूमा माग गरेबमोजिम रगत आपूर्ति नहुँदा भोगेका समस्यालाई दृष्टिगत गर्दै तिहार र छठका समयमा रगतको सहज आपूर्तिका लागि विभिन्न ठाउँमा रक्तदान अभियान आयोजना तथा संयोजन गरिएको रेडक्रस बर्दिबासका उपसभापति रेवन्त कार्कीले जानकारी दिनुभयो ।

यसपालि दसैँमा उपशाखाले सञ्चालन गरेको रक्तसञ्चार केन्द्रमा पर्याप्त रगत नहुँदा आकस्मिक रूपमा रक्तदाता खोजेर बिरामीलाई दिनु परेको उहाँले सुनाउनुभयो । यसै अवस्थालाई दृष्टिगत गर्दै तिहार र छठका बीचमा उपचार कार्यमा रगत अभाव हुन नदिन हाल विभिन्न ठाउँमा रक्तदान कार्यक्रमको संयोजन भइरहेको र हालसम्म दुई सय पिन्ट रगत सङ्कलन गरिएको उपाध्यक्ष कार्कीले जानकारी दिनुभयो ।

कात्तिक लागेको गत बिहिबारयता वित्तीय तथा सामाजिक सङ्घसंस्थाहरुले एकपछि अर्को रक्तदान कार्यक्रम आयोजना गरीरहेका छन् । यस क्रममा आइतबारसम्म दुई सय २५ पिन्ट सङ्कलन भएको रेडक्रस बर्दिबास उपशाखाले जनाएको छ ।

“हाल विभिन्न ठाउँमा कार्यक्रम भइरहेका छन्, अझै दुई/तीन दिनसम्म रक्तदानका कार्यक्रम तय गरेका छौँ”, उपशाखाको रक्तसञ्चार केन्द्र प्राविधिक शाखा प्रमुख सिर्जना देवकोटा भन्नुहुन्छ, “अब छठसम्मै यस भेगका कुनै पनि अस्पताल र बिरामीले उपचारमा रगतको अभाव खेप्नु पर्दैन ।”

जिल्लामा रक्तसञ्चार केन्द्र सञ्चालन गर्ने रेडक्रस बर्दिबास उपशाखा मात्र रहेको छ । यस उपशाखाले पछिल्लो एक वर्षयता महिनामा करिब तीन सय पिन्ट रगत अस्पतालहरूलाई पठाउँदै आएको छ । यसपालि दसैँमा रगतको केही अभाव भएपछि तिहार र छठमा सो समस्या दोहोरिन नदिन आवश्यक सतर्कता अपनाइएको प्राविधिक शाखा प्रमुख देवकोटाको भनाइ छ । “अब हामी ढुक्क भएका छौँ, उपचारका लागि मागबमोजिम रगत उपलब्ध गराउन सक्छौँ”, उहाँले भन्नुभयो, “आउने छठ पर्वसम्ममा पाँच सय पिन्ट रगत सङ्कलन हुने गरी रक्तदान अभियान अगाडि बढाएका छौँ ।”

बर्दिबासस्थित रक्तसञ्चार केन्द्रबाट यहाँ पाँच अस्पताल, गौशाला र जलेश्वर एवं जनकपुरस्थित अस्पतालहरूमा मागअनुसार रगत जाने गरेको उपशाखाका सभापति कार्कीले जानकारी दिनुभयो ।