२५ असार २०८२, बुधबार
,
Latest
काठमाडौंको गौरीघाट, गुह्येश्वरी क्षेत्रमा जलसतह सतर्कता तहभन्दा माथि, सचेत रहन आग्रह रसुवागढी बाढीमा बेपत्ताहरूको खोज, उद्धारलाई प्रभावकारी बनाउन निर्देशन रामकुमारी झाँक्रीलाई सात दिनभित्र लिखित आत्मालोचना गर्न नेकपा एसको निर्देशन सरकार र आन्दोलनरत चिकित्सकबीच सहमति, कानुन संशोधन गर्न ३ सदस्यीय कार्यदल गठन, आन्दोलनका सबै कार्यक्रम… टिमुरे खोलाबाट बगाएका प्रहरीमध्ये एकको शव चितवनमा भेटियो, दुई अझै बेपत्ता रसुवागढी बाढीमा बेपत्ताहरुको खोज, उद्धारलाई प्रभावकारी बनाउन निर्देशन हुम्लामा एम्बुलेन्स दुर्घटना, चालक गम्भीर घाइते गायक राजेशपायलमाथि पूर्वपत्नीको यौन हिंसा आरोप नेपाल टेलिकमकी निलम्बित प्रबन्ध निर्देशक पहाडीलाई २ लाख धरौटीमा रिहा गर्ने आदेश झाँक्रीलाई समाजवादीको अल्टिमेटम : ७ दिनभित्र स्पष्टीकरण, नत्र निष्कासन सम्भावना
तपाईं के खोज्दै हुनुहुन्छ ?

वर्षैपिच्छे आउने बाढीलाई बेवास्ता गर्दा बढी क्षति व्यहोर्नुपर्‍यो: प्रमुख महर्जन



अ+ अ-

काठमाडौँ । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले बाढी आउँछ भन्ने पूर्वसूचनापछि पनि लापरवाही गर्दा बढी क्षति व्यहोर्नुपरेको बताउनुभएको छ ।

सोमवार ललितपुरमा आयोजित गत असोज ११ र १२ गते आएको बाढीका कारण नदी किनारमा थुप्रिएको फोहोरमैला सरसफाई सम्बन्धी तयारी बैठकमा बोल्दै बोल्दै उहाँले मेट्रोलोजिकल डिपार्टमेण्टले बाढी आउँदैछ भन्ने पूर्वसूचना दिएपछि लापरवाही गर्दा बढी क्षति भएको बताउनुभएको हो । उहाँले असोज ११ र १२ गते आएको अविरल वर्षा र त्यसपछिको बाढीका कारण ललितपुरमा ठूलो जनधनको क्षति भएको बताउनु भयो । पूर्वानुमानअनुसार सूचना प्रवाह गरेको भएपनि त्यसलाई सजगतापूर्वक नलिइएकाले बढी क्षति भएको उहाँको भनाइ छ । उहाँले भूकम्प आउँछ भनेर सावधानी अपनाउने तर वर्षैपिच्छे आउने बाढीमा सावधानी नअपनाउँदा बढी क्षति व्यहोर्नुपरेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘थोर बहुत नेपालको मेट्रोलोजिकल डिपार्टमेण्टले आउँदैछ है भनेर हामीलाई सावधान गरेको थियो । तर हामी कोही पनि सिरियस भएनौँ । पहिला पनि भनेको थियो, भन्दै गर्छ नि, भन्ने किसिमको भयो । तर साँच्चै नै आउँदा महाभारत भयो । के गर्ने के गर्ने भयो । त्यसले धेरै वितण्डा मच्चायो । हामी ललितपुर महानगरपालिका हामीले क्लेम गर्दै आइरहेका छौँ की विपद्मा ललितपुर महानगरपालिका यो मुलुकको ७५३ वटा पालिकामध्ये हामी अब्बल छौँ भनेर । तर त्यो दिन हामीले मार्जिनली सेवा प्रवाह गर्‍यौँ । तर जति गर्नुपर्ने थियो त्यति गर्न सकेनौँ । त्यसबाट हामीले पाठ सिक्यौँ । भूकम्प आयो भने सबैले धेरै ध्यान दिने, बाढीलाई ध्यान नदिने रु जुन कुरा वर्षैपिच्छे आइरहन्छ । यस वर्ष बेस्सरी आयो । २०३८ सालको असोज १३ गते लेले बगाएर ल्याएको थियो ।’

मेयर महर्जनले २०३८ सालको असोज १३ गतेपछि ललितपुरमा हालसम्मकै ठूलो बाढी आएको बताउनु भयो । बाढीले थुपारेको फोहोर सरसफाईमा वडाहरुले चासो नदिएको भन्दै सरसफाईमा जोड दिन आग्रह गर्नुभयो ।