१ श्रावण २०८२, बुधबार
,
Latest
राप्रपाले भ्रष्टाचारविरुद्ध प्रदर्शनसहित अख्तियारको ध्यानाकर्षण गराउने विश्व प्रेस काउन्सिलको उपाध्यक्षमा किशोर श्रेष्ठ निर्वाचित पुनर्निर्माण गरिँदै ऐतिहासिक बरेटार शिवमन्दिर कर्तव्य गरी फरार प्रतिवादी २९ वर्षपछि पक्राउ चिकित्सा शिक्षा आयोगको २० औँ बैठक : पिसिएल नर्सिङको कोटा निर्धारण मन्त्री बलराम अधिकारीको ३२ लाख घुस लिएको अडिओ बाहिरियो मुख्यमन्त्रीद्वारा कानुनी जटिलताको पहिचान गर्न निर्देशन ज्येष्ठ नागरिकका बारेमा जनचेतना जरुरी छ : प्रदेश प्रमुख भट्ट साहित्यिक पत्रकार पन्थी र साह सम्मानित पहिलोपटक जुम्लामा विद्युतीय सार्वजनिक सवारी, चार्जिङ स्टेसन पनि निर्माण हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोखरामा रास्वपाको प्रदर्शन– फोटोफिचर



अ+ अ-

पोखरा । सहकारी ठगी प्रकरणमा पूर्व उपप्रधान एवम् गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पक्राउ परेपछि रास्वपाका समर्थकहरु पोखरामा प्रदर्शनमा उत्रिएका छन् ।

राजनीतिक प्रतिशोधका आधारमा लामिछानेलाई पक्राउ गरेको भन्दै रास्वपाले सोमबार पोखराको पृथ्वीचोकमा प्रदर्शन गरेको हो ।

लामिछानेलाई शुक्रबार साँझ नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यरो (सीआईबी)को टोलीले पार्टी कार्यालय वनस्थलीबाट नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय कास्की लगेको थियो ।

हिजो आईतबार अदालतमा पेश गरेका लामिछानेलाई अदालतले ६ दिन हिरासतमा राख्न अनुमति दिएको थियो ।

हिजो पनि रास्वपाका नेता तथा कार्यकर्ता तथा शुभेच्छुकहरुले प्रर्दशन गरेका थिए । त्यसक्रममा केही झडपको स्थिती सिर्जना भएको थियो ।