१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar भोटेकोशी बाढी : प्रसनिसहित २५ प्रहरी अझै बेपत्ता, तीन जनाको शव फेला News Polar मतदाता सहभागिता बढाउन र बदर मत घटाउन दललाई प्रमुख निर्वाचन आयुक्त कार्कीको आग्रह News Polar नयाँबसपार्कमा यात्रु सहायता कक्ष स्थापना News Polar सभामुख अर्यालद्वारा संसदको कार्यसम्पादनको प्रशंसा, जलवायु मुद्दा प्राथमिकतामा राख्ने प्रतिबद्धता News Polar प्रतिनिधि सभाको दोस्रो अधिवेशन सम्पन्नः १४५ दिनमा १२ विधेयक पारित, विपद् व्यवस्थापनमा विशेष समितिको गठन News Polar टिपरले ठक्कर दिँदा एकको मृत्यु, पाँच जना घाइते News Polar राष्ट्रिय सभाको २१ औं अधिवेशन सम्पन्नः १४५ दिनमा ५२ बैठक, के–के भए उपलब्धि ? News Polar सात विधेयक दफावार छलफलका लागि संसदीय समितिमा पठाइयो News Polar धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध पुनः खोलिँदै News Polar ओडारमा लुकाइराखेको अवस्थामा ३ थान भरुवा बन्दुक बरामद News Polar संसदको कार्यशैलीप्रति आचार्यको प्रश्न : ‘संसद बोल्ने मञ्च मात्र हो कि समाधान खोज्ने ?’ News Polar काठमाडौं क्लाइमेट विक २०२६ सुरु, जलवायु न्यायदेखि विश्वव्यापी कूटनीतिसम्म बहस हुने News Polar दुई तिहाइको दम्भले सुशासन ओझेलमा परेको एमाले मुख्य सचेतक मेचेको आरोप News Polar सरकारको ६ महिने कार्यकाल पूर्णतः असफल : झक्कुप्रसाद सुवेदी News Polar राष्ट्रपति पौडेलसमक्ष भाषा आयोगको वार्षिक प्रतिवेदन पेश News Polar राष्ट्रिय सभाको संवैधानिक अस्तित्व र संसद्को गरिमा सरकारले उपेक्षा गर्‍यो : कमला पन्त News Polar लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको ९ वर्षपछि धनुषाका १८६ स्ववासी परिवारले पाए लालपुर्जा News Polar असोज पहिलो १५ दिनको करदाता उपहार सार्वजनिक, लालबाबु साहले पाए १० लाख बम्पर News Polar करदाता प्रोत्साहन उपहारमा १६ जना विजेता, एक जनाले जिते १० लाख News Polar ‘डोजरे विकास’ ढाँचाले हिमाली पर्यावरण बिगार्‍योः सचेतक परियार

गाजाका एक हजार महिला र बालबालिकालाई तत्काल यूरोप स्थानान्तरण गरिने: डब्ल्यूएचओ

गाजाका एक हजार महिला र बालबालिकालाई तत्काल यूरोप स्थानान्तरण गरिने: डब्ल्यूएचओ
अ अ+ अ-

एजेन्सी । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को युरोप शाखाका प्रमुखले गाजाबाट एक हजार महिला तथा बालबालिकालाई चाँडै नै युरोप ल्याइने बताउनुभएको छ ।

युद्धले तहसनहस भएको प्यालेस्टाइनी भूभागलाई घेरेको इजरायलले आगामी केही महिनाभित्र थप एक हजार चिकित्सकीय उद्धारका लागि युरोपेली सङ्घलाई सहयोग गर्न प्रतिबद्ध रहेको हान्स क्लुजले एएफपीलाई दिएको अन्तर्वार्तामा बताउनुभएको छ ।

उहाँले संयुक्त राष्ट्रसङ्घको स्वास्थ्य निकाय डब्लुएचओ र यसमा संलग्न युरोपेली मुलुकले उद्धारमा सहजीकरण गर्ने बताउनुभयो ।

बिहीबार संयुक्त राष्ट्रसङ्घका अनुसन्धानकर्ताहरूले इजरायलले गाजाका स्वास्थ्य संस्थाहरूलाई जानाजानी निशाना बनाएको र त्यहाँका स्वास्थ्यकर्मीहरूको हत्या र यातना दिइरहेको आरोप लगाएका थिए।

कब्जा गरिएका प्यालेस्टाइनी क्षेत्रहरूमा डब्ल्यूएचओका प्रतिनिधि रिक पिपरकोर्नले मे महिनामा गाजाबाट लगभग १० हजार मानिसलाई तत्काल चिकित्सा सेवाको लागि बाहिर निकाल्नु आवश्यक रहेको बताएका थिए।

सन् २०२३ को अक्टोबरमा गाजामा युद्ध सुरु भएयता विश्व स्वास्थ्य सङ्गठन ९डब्लुएचओ० युरोपले गाजाबाट युरोपका सात वटा देशमा ६०० चिकित्सकीय उद्धारको व्यवस्था गरिसकेको छ ।

क्लुजले भन्नुभयो, “यदि हामीले वार्ता ९खुला० नराखेको भए यो कहिल्यै हुने थिएन।”

“युक्रेनका लागि पनि यही कुरा सत्य हो,” उहाँले भन्नुभयो। “म सबै साझेदारहरूसँग संवाद ९खुला० राखिरहेको छु ।

“अहिले युक्रेनको कब्जामा रहेको क्षेत्र डोनबासमा १५ हजार एचआइभी एड्सका बिरामीले एचआइभी एड्सको औषधि लिइरहेका छन्,” स्वास्थ्यलाई राजनीतिकरण नगर्नुको महत्वमा जोड दिँदै ५५ वर्षीय बेल्जियनले भन्नुभयो ।

“सबैभन्दा महत्वपूर्ण औषधि शान्ति हो” उहाँले भन्नुभयो, “द्वन्द्वग्रस्त क्षेत्रमा स्वास्थ्यकर्मीलाई काम गर्न दिनुपरेको छ।”

डब्लुएचओका अनुसार फेब्रुअरी २०२२ मा रूसले आक्रमण गरेयता युक्रेनका स्वास्थ्य केन्द्रहरूमा करिब दुई हजार आक्रमणहरू दर्ता भएका छन्।

उहाँले भन्नुभयो, “एक प्रकारको स्वीकार्यता हुन सक्छ तर यसले हरेक पटक आक्रोश पैदा गर्छ।”

“हामी यसको कडा शब्दमा भत्र्सना गरिरहनेछौं।”

क्लुजले युक्रेनमा तेस्रो पटक हुने युद्धको पूर्वसन्ध्यामा चिन्ता व्यक्त गर्नुभएको छ ।

उहाँले भन्नुभयो, “नागरिक ऊर्जा ग्रिडको ८० प्रतिशत क्षतिग्रस्त वा नष्ट भएको छ। अस्पतालहरूमा सर्जनहरूले आफ्नो टाउकोमा बत्ती राखेर काम गरिरहेको हामीले देख्यौं, सर्जनहरूले आफ्नो टाउकोमा बत्ती राखेर काम गरिरहेका थिए।”

“यो जाडो समय बत्तिको अभावमा निकै कठिन हुनेछ,” उहाँले भन्नुभयो ।

युरोपको स्वास्थ्य सेवा प्रणालीमा तनाव भएपनि डब्ल्यूएचओको युरोपेली क्षेत्रमा मध्य एसियाली देशहरू पनि सामेल छन् । यहाँका ५३ देशहरू भविष्यको महामारीको तयारीका लागि एकसाथ आउन तयार रहेको उहाँले बताउनुभयो ।