• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo
Latest
★   प्रधानमन्त्री अल्पमतमा छन्, तत्काल राजीनामा दिनुपर्छ: प्रतिनिधि सभाका सांसदहरु ★   तपाईको जीवनमा शुभ समय आउनुअघि घरमा देखिन्छन् यी संकेत ★   कालीगण्डकी र म्याग्दी नदीमा जलसतह बढेपछि सतर्क रहन आग्रह ★   जयपृथ्वी राजमार्ग अवरूद्ध ★   मनोज गजुरेलको घरमा ताला लगाउन दलबलसहित पुगेकी मीना ढकाल पक्राउ ★   दोर्दीको दारबाट ठेकीदेखि करुवासम्म ★   युरो कपको सेमिफाइनलमा कुन–कुन टिम भिड्दैछन् ? ★   उर्लिएको नारायणीमा एक पुरुषले साइकल पुलमै छाडेर हामफाले ★   विश्व च्याम्पियन भारत जिम्बाब्वेसँग हार्यो, डेब्यु गर्ने तीन खेलाडीले १० रन समेत बनाउन सकेनन् ★   बाढी, पहिरो र डुबानमा परेर देशभर १४ जनाको मृत्यु

टोटनहमका लागि ह्यारी केनको दुई सयौं गोल



लन्डन । ह्यारी केनले बिहीबार टोटनहमका लागि आफ्नो दुई सयौं गोल पूरा गरेका छन् । यससँगै इंग्लिस प्रिमियर लिग क्लब टोटनहमले युरोपा लिगमा लुडोगोरेट्सलाई ३–१ ले हरायो । एसी मिलान भने आश्चर्यजनक रूपमा लिलेसँग ३–० ले पराजित रह्यो । यससँगै उसको २४ खेलको अपराजित यात्रामा पूर्णविराम लाग्यो । मिलानले समूह ‘एच’ मा आफ्नो अपराजित यात्रा गुमाएको हो ।

बुल्गेरियाको प्रतिद्वन्द्वीमाथि प्राप्त जितपछि टोटनहम समूह ‘जी’ को शीर्ष स्थानमा रह्यो । इंग्ल्यान्डको अर्को क्लब लेस्टर सिटीले भने समूह ‘जी’ मा आफ्नो पकड बलियो बनाएको छ । यसका लागि उसले युक्रेनको एफसी जोरयालाई ४–१ ले हरायो ।

यस्तै आर्सनलले लगातार तेस्रो जित निकाल्ने क्रममा मोल्डेलाई ४–१ ले पन्छायो । लन्डन टिम समूह ‘बी’ को शीर्ष स्थानमा छ । समूह ‘ए’ मा एएस रोमाले आफ्नो प्रभावशाली जित निकाल्ने क्रममा रोमानियाको सीएफआर क्लुजलाई ५–० ले पन्छायो । यही समूहमा योङ ब्वाइजले सीएसकेए सोफियालाई ३–० ले हरायो ।