१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar भोटेकोशी बाढी : प्रसनिसहित २५ प्रहरी अझै बेपत्ता, तीन जनाको शव फेला News Polar मतदाता सहभागिता बढाउन र बदर मत घटाउन दललाई प्रमुख निर्वाचन आयुक्त कार्कीको आग्रह News Polar नयाँबसपार्कमा यात्रु सहायता कक्ष स्थापना News Polar सभामुख अर्यालद्वारा संसदको कार्यसम्पादनको प्रशंसा, जलवायु मुद्दा प्राथमिकतामा राख्ने प्रतिबद्धता News Polar प्रतिनिधि सभाको दोस्रो अधिवेशन सम्पन्नः १४५ दिनमा १२ विधेयक पारित, विपद् व्यवस्थापनमा विशेष समितिको गठन News Polar टिपरले ठक्कर दिँदा एकको मृत्यु, पाँच जना घाइते News Polar राष्ट्रिय सभाको २१ औं अधिवेशन सम्पन्नः १४५ दिनमा ५२ बैठक, के–के भए उपलब्धि ? News Polar सात विधेयक दफावार छलफलका लागि संसदीय समितिमा पठाइयो News Polar धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध पुनः खोलिँदै News Polar ओडारमा लुकाइराखेको अवस्थामा ३ थान भरुवा बन्दुक बरामद News Polar संसदको कार्यशैलीप्रति आचार्यको प्रश्न : ‘संसद बोल्ने मञ्च मात्र हो कि समाधान खोज्ने ?’ News Polar काठमाडौं क्लाइमेट विक २०२६ सुरु, जलवायु न्यायदेखि विश्वव्यापी कूटनीतिसम्म बहस हुने News Polar दुई तिहाइको दम्भले सुशासन ओझेलमा परेको एमाले मुख्य सचेतक मेचेको आरोप News Polar सरकारको ६ महिने कार्यकाल पूर्णतः असफल : झक्कुप्रसाद सुवेदी News Polar राष्ट्रपति पौडेलसमक्ष भाषा आयोगको वार्षिक प्रतिवेदन पेश News Polar राष्ट्रिय सभाको संवैधानिक अस्तित्व र संसद्को गरिमा सरकारले उपेक्षा गर्‍यो : कमला पन्त News Polar लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको ९ वर्षपछि धनुषाका १८६ स्ववासी परिवारले पाए लालपुर्जा News Polar असोज पहिलो १५ दिनको करदाता उपहार सार्वजनिक, लालबाबु साहले पाए १० लाख बम्पर News Polar करदाता प्रोत्साहन उपहारमा १६ जना विजेता, एक जनाले जिते १० लाख News Polar ‘डोजरे विकास’ ढाँचाले हिमाली पर्यावरण बिगार्‍योः सचेतक परियार

शून्य कार्बन स्कुलको अवधारणा कार्यान्वयन

शून्य कार्बन स्कुलको अवधारणा कार्यान्वयन
अ अ+ अ-

काठमाडौँ । विद्यालय तहका विद्यार्थीलाई लक्षित गरी जापानको शिक्षा मन्त्रालय र नागोया साङ्ग्यो विश्वविद्यालयद्वारा जलवायु परिवतर्नको सामना गर्न वातावरणीय साक्षरतालाई बढावा दिने र मूल्याङकन गर्ने शैक्षिक कार्यक्रम सञ्चालन गरिएको छ ।

जापानको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय ९एडिपोर्ट जापान० अन्तर्गत नागोया साङग्यो विश्वविद्यालय र पोखरास्थित पश्चिमाञ्चल विद्यालयबीच वायुमण्डलमा फैलिएको कार्बन डाइअक्साइडको अवस्था र वातावरणसम्बन्धी साक्षरता फैलाउने कार्यक्रमको समझदारीपत्रमा सम्झौता भएको छ ।

नेपालमा पहिलो पटक सञ्चालन भएको यो कार्यक्रम ताइवान, भियतनाम, इन्डोनेसिया र जापानका विभिन्न विद्यालयमा पनि कार्यान्वयनमा रहेको छ । यस कार्यक्रमले विद्यार्थीलाई वातावरणसम्बन्धी ज्ञानका साथै विश्वव्यापी रुपमा मुख्य चुनौतीको रुपमा रहेको जलवायु परिवर्तनका कारण सिर्जित असर, कार्बन डाइअक्साइडमा भएको वृिद्धलगायतका विषयमा प्रयोगात्मक तरिकाबाट बुझाउन मद्दत गराउँछ । साथै, विद्यार्थीमा परिवतर्नका असर सामना गर्न र वातावरणीय साक्षरतालाई अभिवृद्धि गर्न सहयोग पुग्ने बताइएको छ ।

गण्डकी, बागमती र लुिम्बनी प्रदेशका पाँच जिल्ला कास्की, रूपन्देही, भक्तपुर, ललितपुर र बर्दियामा सञ्चालन गरिएको छ । गण्डकी प्रदेशमा पश्चिमाञ्चल माध्यमिक विद्यालय, अमरसिंह मावि, गण्डकी बोर्डिङ स्कुल, बागमतीमा एसओएस हेर्मन माइनर माध्यामिक विद्यालय सानोठिमी, युनाइटेड एकेडमी र लुिम्बनीमा शङ्करनगर दुर्गादत्त माध्यामिक विद्यालय र जनता माध्यामिक विद्यालयमा यो कार्यक्रम लागू भएको छ ।

सम्झौता हस्ताक्षरपछि पश्चिमाञ्चल विद्यालयका प्राचार्य सरोज कोइरालाले नेपालमै पहिलो पटक जापान सरकारको प्रत्यक्ष सहभागितामा भएको कार्यक्रममा आफ्नो विद्यालयले सहभागी हुन पाउँदा खुसी लागेको र यसले विद्यार्थीको वातावररणप्रतिको सचेतना अझ बढ्ने मद्दत पुग्ने बताउनुभयो । प्रयोगात्मक विधिबाट गरिने अध्ययनबाट विद्यार्थीले रुख, बिरुवा भएको ठाउँ, घना बस्तीबीचको कार्बनडाइअक्साइडको मात्रामा रहेको फरकबारे जानकारी पाउने उहाँको भनाइ छ ।

यसैबीच संयुक्त राष्ट्र सङ्घले विश्वका देशलाई विद्यालयमा जलवायु परिवर्तनसम्बन्धी विषयलाई अनिवार्य बनाउन आह्वान गरेअनुसार नेपालमा पनि नमूनाको रुपमा केही विद्यालय छनोट गरी कार्यक्रम सञ्चालन गरिएको नागोया साङग्यो विद्यालयमा विद्यावारीधि गरिरहनुभएका सन्जोक पौडेलले बताउनुभयो । अनुसन्धानको क्रममा आफूले जापानका तीनवटा प्रान्तमा वायुमण्डलमा भएको काबर्नडाईअक्साइडको मात्राको अध्ययन गरी मौसम अनुसारको हुने परिवर्तन, हावाको गतिको असर तथा जैविक वातावरणमा काबर्नडाईअक्साइडको एकाग्रताको मापन गरी मौसम विज्ञान घटनाको प्रभावमा गरिरहेको अनुसन्धान नेपालका लागि उपयोगी हुने बताउनुभयो ।

उहाँकै पहलमा देशका विभिन्न विद्यालयमा वातावरणीय शिक्षाअन्तर्गत शून्य कार्बन स्कुलको अवधारणा पहिलो पटक रूपन्देहीको तिलोत्तमा नगरपालिकास्थित शङ्करनगर दुगार्दत्त माद्यामिक विद्यालयमा सञ्चालन गरिएको छ । शून्य कार्बन स्कुलको अवधारणाको शुभारम्भ गर्दै जापानका प्राडा इतोउ मासाकाजुले कार्बन तटस्थताको सम्भावना र कठिनाइहरूको जानकारी बालबालिकाको लागि निकै उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो ।

सो अवसरमा विद्यालयका प्रधानाध्यापक चण्ड पाण्डेले जलवायु परिवर्तनको प्रभाव बढ्दै गएको अवस्थामा विद्यार्थीलाई विद्यालय तहदेखि नै जिरो कार्बन अवधारणाका बारेमा जानकारी गराउनु निकै उपयोगी रहेको बताउनुभयो ।