१४ भाद्र २०८३, आईतवार
,
Latest
इरानका सर्वोच्च नेता खामेनीद्वारा मुस्लिम देशहरूबीच एकताका लागि आह्वान बाढीपछि करिब ८५ अमेरिकी नागरिक अझै बेपत्ता नागरिकको सुरक्षा र अभिभावकत्व प्रदान गर्नु सरकारको सर्वोच्च दायित्व हो र यसलाई पूर्ण निष्ठाका साथ… भर्जिनियाको ‘हाम्रो भजन समूह’द्वारा बाढीपीडितका लागि रु. ५ लाखभन्दा बढी सहयोग ‘शव व्यवस्थापन अस्थायी भण्डारण मात्रै हो अन्तिम संस्कार होइन’ एनडीपीको दोस्रो साधारणसभा सम्पन्न, २.५ प्रतिशत बोनस सेयर पारित गोरखामा फेला परेका तीन शव सनाखतपछि आफन्तलाई हस्तान्तरण प्रधानमन्त्री राहत कोषमा चीन सरकारको ३० करोड सहयोग रकम अर्थमन्त्रीमार्फत हस्तान्तरण बाढी प्रभावित ग्राहकलाई सुबिसुद्वारा थप ७ दिनको इन्टरनेट सेवा भोटेकोशी बाढीः मधेस प्रदेशका हराइरहेका ३० जना सम्पर्कमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोखरा पृथ्वीचोकमा राष्ट्रिय स्वतन्त्र पार्टीको खबरदारी कार्यक्रम



अ+ अ-

काठमाडौं । सहकारी ठगी प्रकरणमा पूर्व उपप्रधान एवम गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पक्राउ परेपछि रास्वपाका समर्थकहरुले पोखरा पृथ्वीचोकमा खबरदारी सभा गरेका छन् ।

राजनीतिक प्रतिशोधका आधारमा लामिछानेलाई पक्राउ गरेको भन्दै रास्वपाले सोमबार पोखराको पृथ्वीचोकमा प्रदर्शन गरेको हो ।

लामिछानेलाई शुक्रबार साँझ नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यरो (सीआईबी) को टोलीले पार्टी कार्यालय वनस्थलीबाट नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय कास्की लगेको थियो । हिजो आईतबार अदालतमा पेश गरेका लामिछानेलाई अदालतले ६ दिन हिरासतमा राख्न अनुमति दिएको थियो ।

हिजो पनि रास्वपाका नेता तथा कार्यकर्ता तथा शुभेच्छुकहरुले प्रर्दशन गरेका थिए । त्यसक्रममा केही झडप भएको थियो ।