४ कार्तिक २०८१, आईतवार
,
Latest
भीम रावल, विन्दा पाण्डे र उषाकिरण तिमल्सिनालाई एमालेले सोध्यो स्पष्टीकरण रविलाई ६ दिन हिरासतमा राख्न अदालतको अनुमति एकीकृत समाजवादीको आन्तरिक एकतालाई बलियो बनाउनुपर्छ: नेता श्रेष्ठ गृहमन्त्री लेखकको प्रश्न: आफैँ गल्ती गर्ने अनि ठिक छु भन्ने ? सङ्क्रमणकालीन न्यायनिरुपणका लागि समिति पुनर्गठन गर्ने सरकारको निर्णय रारामा कोप-२९ को पूर्वतयारीसम्बन्धी कार्यशाला सम्पन्न मूर्त अमूर्त सम्पदाको उत्कृष्ट संयोजन: ७ वर्षदेखि ६५ वर्षसम्मका १ हजार जना कलाकारको संयुक्त बादन… महिलाको पेटबाट निकालियो १२ वर्षअघिको कैंची मनाङमा लेक लागेर पर्यटकको मृत्यु कोही ‘डुलुवा’, कोही ‘घुमन्ते’
तपाईं के खोज्दै हुनुहुन्छ ?

रवि लामिछानेलाई म्याद थपका अदालत लगिँदै,पोखराको सुरक्षा व्यवस्था कडा



अ+ अ-

काठमाडौं । गोरखा मिडिया नेटवर्कका प्रबन्ध निर्देशक एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज म्याद थपका लागि अदालतमा लगिँदै छ ।

लामिछानेलाई म्याद थपका लागि अदालतमा लैजाने तयारी गर्दा कास्की जिल्ला अदालत अगाडिको सडकमा सवारी आवागमन रोकिएको छ । रास्वपाका नेता तथा कार्याकर्ता तथा सहकारी पीडितहरुले प्रर्दशनको तयारी गरिरहदा पोखराको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

राष्ट्र बैंक चोकदेखि शहीद चोक, कास्की जिल्ला अदालतसम्म बाक्लो संख्यामा सशस्त्र र नेपाल प्रहरीको टोली परिचालन गरिएको छ । काठमाडौंबाट शुक्रबार पक्राउ गरी पोखरा पुर्‍याइएका लामिछानेलाई आज कास्की जिल्ला अदालतमा लैजान लागिएको हो ।

रविविरुद्ध सहकारी ठगी र संगठित अपराधको अनुसन्धान गर्न भन्दै प्रहरीले अदालतको अनुमति लिएर पक्राउ गरेको थियो । रविलाई पक्राउ गरिएको विरोधमा राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताहरुले विभिन्न ठाउँमा प्रदर्शन गर्दै आएका छन् । आज पनि पोखरामा प्रदर्शन गर्ने तयारी छ ।

यसैबीच सभामुख देवराज घिमिरेलाई प्रतिनिधिसभा सदस्य रवि लामिछाने पक्राउ परेको जानकारी गराइएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले सभामुखलाई त्यससम्बन्धी जानकारी लेखीपठाएको सङ्घीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयद्वारा जारी सूचनामा उल्लेख छ ।

चितवन निर्वाचन क्षेत्र नं २ बाट निर्वाचित लामिछानेलाई कास्की जिल्ला अदालतको पक्राउ अनुमतिबमोजिम फौजदारी कसूरको अनुसन्धानका क्रममा पक्राउ गरिएको सूचनामा जनाइएको छ ।

नेपालको संविधानको धारा १०३ को उपधारा ६ मा ‘सङ्घीय संसद्को कुनै सदस्य पक्राउ गरिएमा पक्राउ गर्ने अधिकारीले त्यसको सूचना सम्बन्धित सदनको अध्यक्षता गर्ने व्यक्तिलाई तुरुन्त दिनुपर्नेछ’ भनी उल्लेख छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति लामिछानेलाई कास्कीको सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न भएको आरोपमा अनुसन्धानका लागि शुक्रबार काठमाडौँबाट पक्राउ गरेको थियो ।

सूर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गीतेन्द्रबावु (जीबी) राईसँग मिलेर लामिछानेले गोर्खा मिडिया नेटवर्कमा रकम ल्याएर अपचलन गरेको मुद्दा जिल्ला प्रहरी कार्यालय कास्कीले अनुसन्धान गरिरहेको छ ।