१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar जैविक मलको प्रयोग बढाउनुपर्छ : मन्त्री चौधरी News Polar काठमाडौंमा दसैँ–तिहार लक्षित विशेष सुरक्षा योजना, ३ हजार ५ सय ६ प्रहरी परिचालन News Polar भोटेकोशी बाढी : प्रसनिसहित २५ प्रहरी अझै बेपत्ता, तीन जनाको शव फेला News Polar मतदाता सहभागिता बढाउन र बदर मत घटाउन दललाई प्रमुख निर्वाचन आयुक्त कार्कीको आग्रह News Polar नयाँबसपार्कमा यात्रु सहायता कक्ष स्थापना News Polar सभामुख अर्यालद्वारा संसदको कार्यसम्पादनको प्रशंसा, जलवायु मुद्दा प्राथमिकतामा राख्ने प्रतिबद्धता News Polar प्रतिनिधि सभाको दोस्रो अधिवेशन सम्पन्नः १४५ दिनमा १२ विधेयक पारित, विपद् व्यवस्थापनमा विशेष समितिको गठन News Polar टिपरले ठक्कर दिँदा एकको मृत्यु, पाँच जना घाइते News Polar राष्ट्रिय सभाको २१ औं अधिवेशन सम्पन्नः १४५ दिनमा ५२ बैठक, के–के भए उपलब्धि ? News Polar सात विधेयक दफावार छलफलका लागि संसदीय समितिमा पठाइयो News Polar धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध पुनः खोलिँदै News Polar ओडारमा लुकाइराखेको अवस्थामा ३ थान भरुवा बन्दुक बरामद News Polar संसदको कार्यशैलीप्रति आचार्यको प्रश्न : ‘संसद बोल्ने मञ्च मात्र हो कि समाधान खोज्ने ?’ News Polar काठमाडौं क्लाइमेट विक २०२६ सुरु, जलवायु न्यायदेखि विश्वव्यापी कूटनीतिसम्म बहस हुने News Polar दुई तिहाइको दम्भले सुशासन ओझेलमा परेको एमाले मुख्य सचेतक मेचेको आरोप News Polar सरकारको ६ महिने कार्यकाल पूर्णतः असफल : झक्कुप्रसाद सुवेदी News Polar राष्ट्रपति पौडेलसमक्ष भाषा आयोगको वार्षिक प्रतिवेदन पेश News Polar राष्ट्रिय सभाको संवैधानिक अस्तित्व र संसद्को गरिमा सरकारले उपेक्षा गर्‍यो : कमला पन्त News Polar लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको ९ वर्षपछि धनुषाका १८६ स्ववासी परिवारले पाए लालपुर्जा News Polar असोज पहिलो १५ दिनको करदाता उपहार सार्वजनिक, लालबाबु साहले पाए १० लाख बम्पर

माओवादी पार्टीहरुलाई एकतावद्ध गराएर २०६४ मा फर्काउँछौं: अध्यक्ष दाहाल

माओवादी पार्टीहरुलाई एकतावद्ध गराएर २०६४ मा फर्काउँछौं: अध्यक्ष दाहाल
अ अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले माओवादीबाट अलग भएका सबै पार्टीहरुलाई एकतावद्ध गर्ने संकल्प लिएको बताउनुभएको छ ।

शनिवार चितवनमा आयोजित एक कार्यक्रममा उहाँले माओवादी धारका सबै राजनीतिक पार्टीहरुलाई एकतावद्ध गराएर २०८४ सालको निर्वाचनमा माओवादी पार्टीलाई २०६४ सालको परिणाममा फर्काउने दावी गर्नुभएको हो ।

अध्यक्ष दाहालले २०८४ सालमा माओवादी पार्टीलाई २०६४ सालको परिणाममा फर्काउनका लागि आफूले संकल्प लिएको र त्यो पूरा गर्नका लागि आफूले अठोट लिएको पनि बताउनु भयो । उहाँले समाजवादको उत्पादन आधार तयार पार्नका लागि पनि माओवादी धारबाट अलग भएका सबै पार्टीहरु एकतावद्ध हुनुको विकल्प नभएको जिकिर पनि गर्नुभयो । एउटै स्कुलिङबाट आएर अहिले विभिन्न भंगालोमा रहेका माओवादीहरु एकताबद्ध हुँदै समाजवादी क्रान्तिको तयारीमा लाग्नुपर्ने बेला आएको बताउनु भयो ।

आफूहरु शान्ति सम्झौतामा आउदा गणतन्त्रमा जाने सहमति भएपनि त्यसलाई जनताको गणतन्त्र बनाउने वा दलालहरुको गणतन्त्र बनाउने भन्ने विषयमा कुनै बिन्दुमा पुगेर संघर्ष हुन्छ भन्ने विश्लेषण गरिएको उल्लेख गर्दै अध्यक्ष दाहालले अब त्यो बिन्दु आएको बताउनु भयो । अध्यक्ष दाहालले आम जनतालाई एकतावद्ध गराउदै समाजवादी क्रान्ति पूरा गर्ने बताउनु भयो । उहाँले पछिल्लोपटक आफूले सरकारको नेतृत्व गर्दा सहिदको नामावली राजपत्रमा प्रकाशन, जनयुद्धलाई राष्ट्रिय दिवस घोषणा र शान्ति प्रक्रियालाई टुंगोमा पुर्‍याउने लगायतका ऐतिहासिक काम गरिएको उल्लेख गर्दै सहिद र यौद्धाको स्मरणमा विभिन्न प्रतिष्ठानहरु बनाएर अघि बढ्ने बताउनु भयो ।

उहाँले भन्नुभयो,‘अघि तपाईहरुले सुन्नुभयो–सबै कमरेडहरुले र अन्तिममा कमरेड विप्लवले पार्टी एकताको कुरा गर्नुभयो । हामी माओवादीहरु र सबै कम्युनिष्ट क्रान्तिकारीहरु एक हुनुपर्छ भन्ने कुरा गर्नु भएको छ । म उहाँहरुलाई विशेष रुपले धन्यवाद भन्न चाहन्छु । र, आफ्नो तर्फबाट पार्टी एकताको लागि सम्पूर्ण काम पूरा गर्ने प्रतिवद्धता पनि व्यक्त गर्न चाहन्छु । उहाँले यो पनि भन्नु भयो–हामी एकतावद्ध भएर २०६४ मा हामी पुर्‍याएरै छोडछौं माओवादी आन्दोलनलाई भन्नु भयो । म त्यसको निम्ति पनि विप्लवजीलाई धन्यवाद भन्न चाहन्छु । र मैले नेतृत्वको हैसियतले आफ्नो ठाउँबाट गर्नुपर्ने सबै काम २०८४ लाई २०६४ मा फर्काउनका लागि गर्ने संकल्प मैले प्रतिनिधिसभामा विश्वासको मत लिँदै गर्दा मैले घोषणा गरिसकेको छु एउटा नयाँ मोड नेपाली क्रान्तिको इतिहासमा नयाँ मोड दिने गरी अगाडि बढने संकल्प मैले गरिसकेको छु, तपाईहरुले सुनिसक्नु भएको छ । र, त्यसयता फेरि एकचोटी समाजवादी आन्दोलनको निम्ति नेपालका सबै मजदुर, किसान, सबै उत्पीडित, वर्ग जाति, लिंग सबैको हक अधिकार प्राप्तीको निम्ति फेरी एउटा नयाँ अभियान, फेरी एउटा नयाँ आन्दोलन, फेरी एउटा नयाँ एकताको निम्ति अगाडि बढने संकल्प मैले लिएर नै प्रतिनिधिसभामा पनि र प्रतिनिधिसभामा विपक्ष दलको नेताको हैसियतले पनि जनतालाई मैले अपिल गरेको थिए ।

‘हामी माओवादी आन्दोलनका विभिन्न धाराहरु हामी एक हुन्छौ । हामी २०६४ मा फर्काउँछौं भन्ने जो कमिटमेन्ट तपाईहरुको अगाडि व्यक्त भएको छ । म विश्वास गर्छु–तपाई हजारांै जनसमूदायहरु तपाईहरुको अगाडि व्यक्त यो प्रतिवद्धता ठूलो छाती लिएर एकतामा जाने पूरा हुनेछ भन्ने विश्वास पनि म तपाईहरुको अगाडि व्यक्त गर्न चाहन्छु । यहाँ नाटकमा पनि आयो, अरु बेलामा पनि आयो । कतिपय बेला हामीले विचारको हिसावले सही सोच्दासोच्दै पनि व्यवहारमा कार्यान्वयन गर्ने क्रममा हामी कहिलेकाँही हामीले केही नकेही कमीकमजोरी भएका छन । हामी कयौं पटक चिप्लिएका पनि छौं । यहाँ अघि आयो–हेटौडा महाधिवेशनमा उत्पादन ब्रिगेड बनाएर अब माओवादी आन्दोलनलाई सम्पूर्ण रुपले उत्पादन केन्द्रित गर्नु पर्छ भन्ने दस्तावेज चाहीँ पारित गरियो । तर त्यो दस्तावेज अनुसार गाउँगाउँमा, सहरका टोलटोलमा पनि उत्पादन इकाई बनाउने र देशलाई देशलाई आत्मनिर्भर अर्थतन्त्रतिर अघि बढाउने, समाजवाद निर्माण गर्ने कुरा हो ।

‘समाजवादको भ्रुणहरु रोप्दै जाने कुरामा जति तागत हामीले लगाउनु पर्दथ्यो । जसरी योजना बनाउनु पर्दथ्यो । त्यो गर्नेमा केही कमीहरु भए । मैले यस अर्थमा नेकपा जो पनि मैले भन्ने गरेको छु चाहे विप्लवजीको होस या अरु पनि माओवादी आन्दोलनबाट अलग भएका धाराहरु हामी एउटै स्कुलबाट, एउटै मूल प्रवाहबाट प्रवाहित भएका भंगालोहरु हौं । हामी सबै एकै ठाउँमा केन्द्रित हुनैपर्छ । इतिहासले, विज्ञानको निमयले पनि के भन्छ भने एउटै स्कुल र मूलप्रवाहबाट जन्मेका विभिन्न धारा र भंगालाहरु एउटा अर्को ठाउँमा पुगेपछि ती एकतावद्ध हुन्छन । तिनलाई एकतावद्ध गरिन्छ । त्यसकारण अव समय आएको छ, हामीले २०६४ देखि २०८४ पुग्दासम्म हामीले यो आन्दोलनलाई एकतावद्ध गरेर मात्रै जनताका आशा अपेक्षा अनुसार समाजवादका समाजवादका भ्रुणहरु रोप्न सकिन्छ । समाजवादको उत्पादन आधारहरु तयार पार्न सकिन्छ भन्ने मेरो विश्वास छ ।’

विगतमा समाजवादको आधार निर्माणका लागि उत्पादन ब्रिगेड बनाएर जाने योजना कार्यान्वयन गर्न नसकेर पार्टीले गल्ती गरेको स्वीकार गर्दै अध्यक्ष दाहालले अब त्यस्तो गल्तीबाट पाठ सिकेर अघि बढ्ने पनि बताउनु भयो ।