२२ मंसिर २०८२, सोमबार
,
Latest
सिटी सफारी चालक हत्या प्रकरणमा सात जना पक्राउ आगामी निर्वाचनमा दुई तिहाई बहुमत ल्याउछौँः वामदेव गौतम घाटगद्दीमै थन्कियो एक लाख क्यूफिट बढी काठ सबै क्षेत्रको विकासका लागि भरपर्दो उत्तर-दक्षिण राजमार्ग आवश्यक छः अर्थमन्त्री खनाल बाल क्यान्सर हेरचाहलाई थप प्रभावकारी बनाइने प्रधानमन्त्रीसँगको भेटपछि दुर्गा प्रसाईंः फागुनमा निर्वाचन हुँदैन, माग पूरा नभए जनविद्रोह हुन्छ सुडानको पूर्वप्राथमिक विद्यालय र अस्पतालमा भएका आक्रमणमा ६३ बालबालिकासहित ११४ जनाको मृत्यु चुनावको विकल्प छैन- लीलामणि पोखरेल ‘रि–इम्याजिन ट्रेडिसन–२’ कला प्रदर्शनी सुरु साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

रविलाई पक्राउ गर्न नहुने भन्दै वीरगञ्जमा पार्टी समर्थकको प्रदर्शन



अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पक्राउ गरिएको विरोधमा वीरगञ्जमा पनि प्रदर्शन भएको छ ।

शनिवार रास्वपाका नेता/कार्यकर्ताहरुले वीरगञ्जमा प्रदर्शन गरेका हुन् ।

सहकारी ठगी प्रकरणमा नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो (सिआईबी) ले पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेलाई शुक्रवार बेलुकी पार्टी केन्द्रिय कार्यालयबाट पक्राउ गरेर शुक्रवार राति नै पोखरा पुर्‍याएको थियो । लामिछाने हाल जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन् ।

वीरगञ्जमा भेला भई रास्वापका नेता/कार्यकर्ताहरुले त्यहाँबाट नाराबाजी गर्दै जुलुस निकालेर नगर परिक्रममा गरेका हुन् । जुलुशमा सहभागीहरुले सरकारको विरोध र लामिछानेको समर्थनमा नाराबाजी गरेका थिए ।