५ असार २०८३, शुक्रबार
,
Latest
नेपालमा ढिला प्रवेश भयो मनसुन लेबनानमा इजरायली आक्रमणमा परी ४७ जनाको मृत्यु, ९७ घाइते इजिप्टमा आइतबार अमेरिका–इरान युद्धका मध्यस्थकर्ताबीच छलफल हुने इरानसँगको सम्झौताले नागरिकको अधिकारको मुद्दालाई सम्बोधन नगरेको विज्ञको भनाइ सामूहिक आवासका लागि पाँच करोड विनियोजन नेपाल राष्ट्र बैंकद्वारा तलब भत्तासम्बन्धी मार्गदर्शन जारी ठूलो र चर्को ध्वनि निकाल्ने एक हजार ३२९ मोटरसाइकल कारबाहीमा हेटौँडाका उद्योगबाट चार करोड बक्यौता संकलन रास्वपा प्रथम महाधिवेशनः उच्च प्राथमिकतामा सुरक्षा रसुवा भन्सारमा ईभी जाँचपास अनियमितता : १३ कर्मचारी निलम्बित, आयातकर्ता कम्पनीमाथि कारबाही प्रक्रिया
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेतृत्वमा आएपछि महासंघको प्रतिष्ठा अझ उँचो बनाउने काम गर्छु – उपाध्यक्ष ढकाल



अ+ अ-

नेपालगञ्ज । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा वरिष्ठ उपाध्यक्षका प्रत्यासी चन्द्रप्रसाद ढकालले आफू नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्वमा आएपछि यो संस्थाको गरिमा र प्रतिष्ठालाई अझ उँचो बनाउने काममा सशक्त रुपमा लाग्ने बताउनुभएको छ । 

नेपालगञ्ज उद्योग वाणिज्य संघद्धारा आयोजित एक अन्तरक्रिया कार्यक्रममा  ढकालले भन्नुभयो– आधा शताब्दिभन्दा लामो इतिहास बोकेको नेपालका समग्र उद्योगी व्यवसायीहरुको यो साझा संस्थाको गरिमा र प्रतिष्ठालाई माथि उठाउने मेरो पहिलो काम हुनेछ । 

यसअघि गुलरिया शुक्रबार उद्योग वाणिज्य संघद्धारा आयोजित कार्यक्रमका सदस्यहरुले पछिल्लो समय नेपाल उद्योग वाणिज्य महासंघको प्रतिष्ठा गिर्दाे अवस्थामा रहेको र स्थानीय स्तरमा यस महासंघका पदाधिकारी तथा प्रतिनिधिहरुलाई एकजना वडा सदस्यको जस्तो मान्यता पनि नदिनेगरेको गुनासो आएपछि ढकालले सो धारणा राख्नुभएको हो । 

आसन्न साधारणसभामा वरिष्ठ उपाध्यक्षका प्रत्यासी रहेका ढकालले भन्नुभयो– हो, म पनि दुई तीन वर्षयता देखि नै देशका प्राय सबै जिल्लामा पुगेको छु र सबै साथीहरुका समस्या र गुनासाहरु सुनेको छु, उहाँहरुको अनुभव पनि यही छ कि देशको निजी क्षेत्रको यो गरिमामय संस्थाको सम्मान र साख पहिलेको तुलनामा ह्रास हुँदै गएको छ, यसको प्रतिष्ठालाई माथि उठाउन केन्द्रीय पदाधिकारीहरुले नै उल्लेखनीय काम गर्नुपर्नेछ । 

उपाध्यक्ष ढकालले जबसम्म यो संस्थाको प्रतिष्ठा र सम्मान रहन्छ तबमात्र राज्य र यसका सम्बद्ध निकायहरुले पनि यस संस्थाका प्रतिनिधिहरुका समस्या र गुनासा सुन्नेछन्, हाम्रो नेगोसिएसन पावर बढ्नेछ र जसका कारण समग्र निजी क्षेत्रको प्रवद्र्धन भई देशको आर्थिक विकासमा टेवा पुग्नेछ– ढकालले भन्नुभयो ।

उहाँले भन्नुभयो– मलाई पनि यस्तो लाग्छ कि पहिले नेपाल उद्योग वाणिज्य महासंघलाई नेपाल सरकार र सरकारका प्रतिनिधि, देशको समग्र कर्मचारीतन्त्र र मुलुकका राजनीतिक दलका नेताहरु समेतले पनि जुन एउटा इज्जतका साथ हेर्थे र हाम्रा धारणाहरुको सुनुवाई गर्थे अहिले त्यसमा पनि ह्रास आइरहेको मैले पाएको छु, अब हामीप्रतिको समग्र समाजको यो सोँच र व्यवहारमा आमूल परिवर्तन ल्याउनुपर्छ, निजी क्षेत्रका मागहरु सुन्न सकेमा मात्र देशको आर्थिक विकास हुन्छ र यसले मात्र राष्ट्रिय समृद्धि हासिल हुनसक्छ भन्ने वास्तविकता राज्यका समग्र निकायलाई बुझाउन सजिलो हुनेछ ।   

त्यसैले पनि व्यापारी, व्यवसायीलाई कुनै अप्ठेरो पर्यो भने तथा हाम्रा समग्र व्यावसायिक हकहीतका विषयमा समस्या उत्पन्न भयो भने त्यस्तो अवस्थामा राज्य पक्षसँग नेगोसिएसन गर्ने र ती समस्याको तत्कालै समाधान निकाल्नका लागि अग्रसरता लिनसक्ने खालको नेतृत्व महासंघलाई आवश्यक रहेको उपाध्यक्ष ढकालले बताउनुभयो ।

कतिपय हाम्रा अत्यावश्कताका तथा जायज मागहरुको पनि सुनुवाई नभएको अवस्था छ भने कैयौं मुद्धाहरुमा हामी ‘पोलिसी मेकिङ’का हिसाबले पनि सुनुवाईको उपेक्षामा परेका छौँ भन्दै ढकालले त्यसैले अबको नेतृत्व यी हाम्रा यावत व्यावसायिकक हकहितहरुलाई राज्यबाट सुनुवाई गराउन सक्ने सक्षम नेतृत्व अबको महासंघलाई चाहिएको हो भन्दै उहाँले आफू महासंघको वरिष्ठ उपाध्यक्षमा आएपछि यीनै विषयमा बहस र पैरवी चलाउने र काम गरेरै देखाउने बताउनुभयो ।

मैले गएका केही वर्षयतादेखि तपाईँ व्यवसायीहरुका यस्तै गुनासा र समस्या सुनेर मुलुकको एक फेरो लगाइसकेको छु, म आफै पनि व्यावसायी भएकोले तपाईँहरुका सानाभन्दा साना देखि ठूला उद्यम व्यवसायका सबै समस्याहरु थाहा छ, त्यसैले म नेतृत्वमा आएपछि यी सबै विषयमा बहस र पैरवी प्रारम्भ गर्नेछु र एक्सनमा नै जानेछु, यो तपाईँहरुसँग मेरो बाचा नै हो । 

उपाध्यक्ष ढकालले भन्नुभयो– त्यसैले पनि महासंघमा काम गर्न र निजी क्षेत्रको यो गरिमामय साझा संस्थालाई अझ सक्रिय र सशक्त बनाउन अरुलाई भन्दा मलाई बढी सजिलो छ । उहाँको भनाई थियो– मलाई व्यवसायीका रुपमा काम गरेको देखि देशैभरिका तपाईँ व्यवसायी साथीहरुका समस्या र गुनासाहरु सुनेको अनुभव छ, त्यसैले महासंघको नेतृत्वमा रहेर काम गर्न र यस संस्थालाई व्यवसायीमैत्री बनाउन अरुलाई भन्दा मलाई सजिलो छ भन्ने मलाई लाग्छ र धारणा मेरो मात्र नभएर देशैभरिका उद्योगी, व्यवसायी साथीयहरुको नै हो ।