१९ मंसिर २०८२, शुक्रबार
,
Latest
मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता सुनकोशीको फोक्सिङटार अस्थायी बेलिब्रिज जडानको काम सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

न्यायिक प्रक्रियालाई सघाउँछौँः रास्वपा



अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सभापति रवि लामिछानेलाई पक्राउ गरेको घटनालाई ‘नयाँ पुस्ताको राजनीतिक अभ्यास’ लाई सिध्याउनका लागि चालिएको परिपञ्चका रुपमा लिएको प्रतिक्रिया दिएको छ ।

पार्टी सभापति पक्राउ परेपछि राससलाई प्रतिक्रिया दिँदै पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले पार्टी सभापति पक्राउ परेको घटनालाई जोडेर जनतालाई अप्ठ्यारो पर्ने तथा अर्थतन्त्रलाई हानी नोक्सानी पुग्ने खालका कुनै गतिविधि नगर्ने स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, “प्रहरी, अदालत र कानुनप्रति हाम्रो कुनै द्वेष छैन, सहज रुपमा प्रक्रिया स्वीकार गरेका छौँ, न्यायिक प्रक्रियालाई सघाउँछौँ, यस घटनालाई भद्ररुपमा राजनीतिक परितर्वनको लडाइँ सुरुआतका रुपमा लिएका छौँ ।”

सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न भएको आरोपमा उहाँविरुद्ध अनुसन्धानका लागि पक्राउ गर्न कास्की जिल्ला अदालतले नेपाल प्रहरीलाई अनुमति दिएको थियो । सभापति लामिछानेलाई पक्राउ गर्न पुर्जी लिएर प्रहरी टोली पार्टी केन्द्रीय कार्यालय आएको थियो ।

सूर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गीतेन्द्रबावु (जीबी)राईसँग मिलेर लामिछानेले गोर्खा मिडिया नेटवर्कमा रकम ल्याएर अपचलन गरेको मुद्दा जिल्ला प्रहरी कार्यालय कास्कीले अनुसन्धान गरिरहेको छ ।