२ कार्तिक २०८१, शुक्रबार
,
Latest
नेपाल र भुटानबीचको खेल बराबरी आत्मसमीक्षासहित समृद्ध नेपाल निर्माणमा जुटौँः अध्यक्ष दाहाल गौशाला धर्मशाला खाली गर्ने निर्णय कार्यान्वयन नगर्न आदेश बाढी, पहिरो तथा डुबानबाट प्रभावितलाई तत्काल राहत उपलब्ध गराउन प्रधानमन्त्रीको निर्देशन न्यायिक प्रक्रियालाई सघाउँछौँः रास्वपा पक्राउ परे रवि लामिछाने सभापति लामिछानेलाई पक्राउ गरी कास्की लगिने सहकारी ठगी प्रकरणः रविसहित १४ जनाविरुद्ध एकै पटक पक्राउ पुर्जी सभापति लामिछानेविरुद्ध पक्राउ पुर्जी लिएर रास्वापा पार्टी कार्यालय पुग्यो प्रहरी पक्राउ पुर्जी जारी गरेपछि रविको स्टाटस ‘सरकार मर्‍यो, हामीलाई जुठो पर्‍यो’
तपाईं के खोज्दै हुनुहुन्छ ?

सभापति लामिछानेलाई पक्राउ गरी कास्की लगिने



अ+ अ-

काठमाडौँ । पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न भएको आरोपमा पक्राउ पुर्जी जारी गरिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई पक्राउपछि कास्की लगिने भएको छ ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले जिल्ला अदालत कास्कीबाट पक्राउ पूर्जी जारी भएको अवस्थामा प्रहरीले थप कानुनी प्रकृया अगाडि बढाएको जानकारी दिए । “कास्की अदालतको मुद्दा भएकाले पक्राउपछि सोही अनुसार प्रहरीले कामकारबाही अगाडि बढाउँछ”, उनले भने ।

लामिछानेलाई प्रहरीले कतिबेला पक्राउ गर्छ भन्ने विषयमा भने प्रवक्ता कार्कीले केही खुलाउन चाहानु भएन । कास्की जिल्ला अदालतले आजै लामिछानेमाथि सहकारीको रकम अपचलमा संलग्न भएको आरोपमा अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो ।

सूर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गीतेन्द्रबावु (जिवी राई)सँग मिलेर लामिछानेले गोर्खा मिडिया नेटवर्कमा रकम ल्याएर अपचलन गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले अनुसन्धान गरिरहेको छ ।