२ कार्तिक २०८१, शुक्रबार
,
Latest
आत्मसमीक्षासहित समृद्ध नेपाल निर्माणमा जुटौँः अध्यक्ष दाहाल गौशाला धर्मशाला खाली गर्ने निर्णय कार्यान्वयन नगर्न आदेश बाढी, पहिरो तथा डुबानबाट प्रभावितलाई तत्काल राहत उपलब्ध गराउन प्रधानमन्त्रीको निर्देशन न्यायिक प्रक्रियालाई सघाउँछौँः रास्वपा पक्राउ परे रवि लामिछाने सभापति लामिछानेलाई पक्राउ गरी कास्की लगिने सहकारी ठगी प्रकरणः रविसहित १४ जनाविरुद्ध एकै पटक पक्राउ पुर्जी सभापति लामिछानेविरुद्ध पक्राउ पुर्जी लिएर रास्वापा पार्टी कार्यालय पुग्यो प्रहरी पक्राउ पुर्जी जारी गरेपछि रविको स्टाटस ‘सरकार मर्‍यो, हामीलाई जुठो पर्‍यो’ सरकारलाई सांसदहरुको ध्यानाकर्षण: ‘जनतालाई राहत दिने नाममा हुने ठगी नियन्त्रणमा ध्यान देउ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

सभापति लामिछानेविरुद्ध पक्राउ पुर्जी लिएर रास्वापा पार्टी कार्यालय पुग्यो प्रहरी



अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न भएको आरोपमा अनुसन्धान गर्न कास्की जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको हो ।

पूर्व उपप्रधान एवं गृहमन्त्री लामिछानेलाई पक्राउ गर्न पुर्जी लिएर प्रहरी टोली पार्टी केन्द्रीय कार्यालय आएको रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “हामी कानुनी राज्यको सम्मान गर्छौँ । हामी सहजरूपमा गिरफ्तारी दिन्छौँ, प्रतिकार गर्दैनौँ ।”

सूर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गीतेन्द्रबावु (जीबी) राईसँग मिलेर लामिछानेले गोर्खा मिडिया नेटवर्कमा रकम ल्याएर अपचलन गरेको मुद्दामा जिल्ला प्रहरी कार्यालय कास्कीले अनुसन्धान गरिरहेको छ ।