२ बैशाख २०८२, मंगलवार
April 15, 2025 Tuesday

22.27°C

काठमाडौं

22.27°C

Kathmandu

Feels-like: 21.83

Wind: 1.54

Humidity: 49

तपाईं के खोज्दै हुनुहुन्छ ?

रवि लामिछानेविरुद्ध पक्राउ पूर्जी जारी



अ+ अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेविरुद्ध पक्राउ पूर्जी जारी भएको छ ।

कास्की जिल्ला अदालतले सभापति लामिछानेलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको हो ।

कास्की प्रहरी प्रमुख रविलाई पक्राउ पूर्जि लिन स्वयम् जिल्ला अदालतमा उपस्थित भएका थिए ।  न्यायाधीस कृष्णजंग साहले पक्राउका लागि अनुमति दिएका हुन् ।

सहकारी ठगीका विषयमा छानविन गर्न गठित संसदीय समितिले रविमाथि कारवाही सिफारिस गरेको थियो । पोखराको सूर्यदर्शनसमेतका ७ सहकारीबाट ६५ करोड रुपैयाँ गोर्खा मिडिया नेटवर्कमा गएको समितिले प्रतिवेदनमा उल्लेख गरेको छ । सहकारीबाट रकम रविले ल्याएको नभए पनि कम्पनीमा आएपछि खर्च गरेकोमा उनलाई दोषि ठहर्याइएको छ ।