५ मंसिर २०८१, बुधबार
,
Latest
चार महिनामा भारतमा १२ अर्ब ७२ करोड रुपैयाँको बिजुली निर्यात कार्यकारीलाई सबै अधिकार दिँदा विद्युत प्राधिकरणका समस्या समाधान गर्न सकिएनः मन्त्री खड्का विवाहपञ्चमीमा जन्ती स्वागतको तयारी गर्दै स्थानीय तह २२ ग्रान्ड स्लाम च्याम्पियन नाडालले टेनिसबाट सन्यास लिए पहिलो चौमासिकमा ८४ अर्ब सरकारी ऋण थपियो जलवायु परिवर्तनबाट हुने संकटलाई कम गर्न सरकार प्रतिवद्ध छः वनमन्त्री शाही २९ वर्षपछि श्रीमती सायरासँग अलग भए एआर रहमान सिञ्जा सभ्यता खस सङ्ग्रहालय अझै सञ्चालनमा आएन गाजा युद्धविरामका लागि अमेरिकी योजनाका विच राष्ट्रसङ्घ पुनः मतदानका पक्षमा दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति
तपाईं के खोज्दै हुनुहुन्छ ?

विपक्षीहरुको बैठक: दल फुटाउने अध्यादेश ल्याउनसक्ने आशंका



अ+ अ-

काठमाडौं । विपक्षी दलहरुले सरकारले साना दलहरु फुटाउन अध्यादेश ल्याउनसक्ने आशंका गरेका छन् ।

बिहीबार विपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डले बोलाएका बैठकमा नेताहरुले सरकारले साना दलहरुलाई फुटाउन अध्यादेश ल्याउनसक्ने विश्लेषण गरेका छन् ।

पहिला पनि ओली सरकारले नै अध्यादेश ल्याएको भन्दै यसमा गम्भीर आशंका रहेको रास्वपा संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले बताए । उनले भने, ‘यो पालि पनि सत्ता पक्षमै भएका साना दलहरु हुन् वा प्रतिपक्षमा भएका दल, हामी नयाँ मान्छे अएकाले के हो, यतातिर गएको गम्भीर आशंका भएर नै बसेका हौं ।’

साथै, बैठकले सरकारसँगै राष्ट्रपति र सभामुखको समेत ध्यानाकर्षण गराउने निर्णय गरेको छ । यदि सरकारले अध्यादेश ल्याउन खोजे तत्काल विशेष अधिवेशन बोलाउन माग गर्ने रणनीति रहेको एक नेताले बताए ।

बैठकमा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, नेताहरु महन्त ठाकुर, प्रभु साह, रास्वपा सभापति रवि लामिछाने तथा उपसभापतिहरु डिपी अर्याल र डा स्वर्णिम वाग्ले नेताहरु शिशिर खनाल, सुमना श्रेष्ठ र विराजभक्त श्रेष्ठको सहभागिता रहेको थियो ।