२ कार्तिक २०८१, शुक्रबार
,
Latest
पक्राउ परे रवि लामिछाने सभापति लामिछानेलाई पक्राउ गरी कास्की लगिने सहकारी ठगी प्रकरणः रविसहित १४ जनाविरुद्ध एकै पटक पक्राउ पुर्जी सभापति लामिछानेविरुद्ध पक्राउ पुर्जी लिएर रास्वापा पार्टी कार्यालय पुग्यो प्रहरी पक्राउ पुर्जी जारी गरेपछि रविको स्टाटस ‘सरकार मर्‍यो, हामीलाई जुठो पर्‍यो’ सरकारलाई सांसदहरुको ध्यानाकर्षण: ‘जनतालाई राहत दिने नाममा हुने ठगी नियन्त्रणमा ध्यान देउ’ रवि लामिछानेविरुद्ध पक्राउ पूर्जी जारी पर्यटकीय स्थलबाट एक करोड बढी आम्दानी पुनःनिर्माणका काममा गम्भीरताका साथ लाग्न तीनै तहका सरकारलाई प्रधानमन्त्रीको आग्रह महिला साफ च्याम्पियनसिप फुटबलः श्रीलङ्काले माल्दिभ्सलाई हरायो
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपति पौडेलद्धारा प्रसिद्ध धार्मिकस्थल बडीमालिकाको दर्शन एवम् पूजा अर्चना



अ+ अ-

बाजुरा । राष्ट्रपति रामचन्द्र पौडेलले प्रसिद्ध धार्मिकस्थल बडीमालिका मन्दिरको दर्शन एवम् पूजा अर्चना गर्नुभएको छ ।

राष्ट्रपति पौडेलले प्रथम महिला सबिता पौडेलसहित विहिबार बिहान बाजुरास्थित त्रिवेणी नगरपालिका वडा नम्वर ९ मा पर्ने बडीमालिकाको पूजाअर्चना गरी टीका प्रसाद ग्रहण गर्नुभएको हो । प्रसिद्ध धार्मिकस्थल एवम् शक्ति पीठ बडीमालिका मन्दिरमा पूजा एवम दर्शनको लागि भक्तजन आउने गर्दछन् ।

राष्ट्रपति पौडेलले आजै त्रिवेणी नगरपालिका वडा नम्बर ७ मा रहेको नाटयश्वरी मन्दिरको नवनिर्मित भवन उदघाटन गर्नुहुने कार्यक्रम छ । राष्ट्रपति पौडेल उक्त कार्यक्रममा सहभागी हुन बुधबार अपरान्ह सुर्खेत आइपुग्नुभएको थियो ।