१३ भाद्र २०८३, शनिबार
,
Latest
सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव फेला परराष्ट्रमन्त्री खनाल र भेनेजुएलाका विदेशमन्त्री प्लासेन्सियाबीच टेलिफोन वार्ता स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन नारायणी नदी किनारमा भेटिएका पहिचान नभएका शवहरूको अन्तर्राष्ट्रिय मापदण्डअनुसार जमिनमा व्यवस्थापन गर्न शुरु राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता चार दिनपछि रसुवाको टिमुरेमा सात वर्षीया बालिकाको जीवितै उद्धार
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालेनको कविता : हिन्दु राष्ट्र संविधानमा हैन, स्वाभिमानमा चाहिन्छ



Mayor Balen Shah
अ+ अ-

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले हिन्दु राष्ट्र संविधानमा नभइ स्वाभिमानमा चाहिने धारणा राखेका छन् ।

फेसबुक स्टाटसमा कवितांश पोष्ट गर्दै बालेनले हिन्दु राष्ट्रबारे उल्लेख गरेका हुन् । उनले दशैँकै अन्तिम दिन बेलुकी हिन्दु राष्ट्रको औचित्यबारे कविता नै पोष्ट गरेका हुन् ।

उनले लेखेका छन्–
गाउँ मासेर बनेको शहरको के काम ?
आफ्नो ठाउँ नै नरहे पछि,
नाउँ बेचेर बनेको रहरको के काम ?
आफ्नो भाउ नै नभए पछि,
मलाई बुद्ध बोलीमा हैन,
ज्ञानमा चाहिन्छ ।
हिन्दु राष्ट्र संविधानमा हैन,
स्वाभिमानमा चाहिन्छ ।

यसैबीच बालेनको सचिवालयका एक सदस्यले गौशाला धर्मशाला भाडामा लगाउन सोच्न पनि नसकिने बताएका छन् । उनले भनेका छन्– पाशुपत क्षेत्र : गौशाला धर्मशाला भाडामा लगाउन सोच्न पनि सकिँदैन । देवभूमि बेच्ने बाटोमा सरकार, सरकारविहीन स्थितिमा देश ।

१९९९ साल वैशाख २२ गते पशुपति गौशाला उद्घाटन भएको थियो । त्यहाँ कसैलाई पनि धर्मशाला बनाउने र भाडा दिने उद्देश्य थिएन । आज सेवामा नाफा घाटाको हिसाव गर्छन । केही नाफाखोरीहरूले गौशालामा जर्सिगाई पालन गरि सयैं लिटर दूध वेच्ने फार्म चलाउने गरि कमाउको अखडा बनाए । धन्धा बनाए । गौशाला धर्मशालामा बढीमा दुई वा तीन दिनसम्म मात्र नि:शुल्कमा तिर्थयात्रीहरूलाई वास तथा भोजनको व्यवस्था गर्नुपर्ने हो ।

नाफाखेरी संचालक वाट धर्मशालालाई लज वनाएर बाह्र सयभन्दा बढीसम्म पैसा लग्ने गरेको चलाए । सटरहरु पैतिस हजारसम्म भाडामा लगाइएको छ । श्री पशुपतिनाथको श्रीसम्पत्तिमा रजाईं गरियो । वास्तविक समाजसेवी माडवारिलाई बदनाम गरियो । सच्चा माडवारि समुदायले विगतदेखि हाल सम्म भगवान श्री पशुपतिनाथको नाममा ज्ञात अज्ञात रूपमा गर्दै समाज सेवा गर्दै आएको छ ।

व्यापार गर्ने नियत भएका नाफाखोरि समाजसेवीलाई गौशाला धर्मशालामा पूर्णप्रतिबन्ध लगाई प्रवेश निषेध गरि अब उपरान्त श्री पशुपति क्षेत्र विकास कोषको स्वामित्वमा रहने गरि पुर्ण नि:शुल्क निस्वार्थ भावनाबाट गौ तथा नन्दीको सेवा र विशुद्ध तिर्थयात्रीहरूका लागि धर्मशाला संचालन गर्न काठमाण्डौ महानगर पालिकासँग सहकार्य गर्ने सहमति भएको हो ।