१२ भाद्र २०८३, शुक्रबार
,
Latest
भोटेकोशी बाढी : रुकुम पश्चिमका १५ जना सम्पर्कविहीन आवश्यकता परेको खण्डमा परराष्ट्र मन्त्रालयको च्यानलमार्फत वैदेशिक सहयोग परिचालन गर्छौं– सरकार चीनको सिजाङमा पहिरोः उद्धार टोली अति प्रभावित क्षेत्रमा पुग्यो बाढी–पहिरो पीडितको राहतका लागि प्रवासी नेपाली मञ्चले २० लाख दिने रसुवा बाढीपीडितका लागि हेटौँडा स्कूल अफ म्यानेजमेन्टले २० लाख सहयोग ड्याम फुटेको होइन, ग्ल्यासियर फुटेर लेदोसहितको पानी ओभरफ्लो : सरकार बाढीपीडितलाई सुदूरपश्चिम प्रदेश सरकारको दुई करोड सहयोग बाढीपीडित र प्रभावित क्षेत्रका लागि आर्थिक प्याकेज घोषणा गरिने भोटेकोशी बाढीपछि शव खोजी तीव्र, रसुवादेखि चितवनसम्म १२०० सैनिक परिचालन प्रधानमन्त्रीसहित मन्त्रिपरिषद्का सबै सदस्यले एक महिनाको तलब विपद् कोषमा जम्मा गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

बडीमालिका तीर्थयात्राका क्रममा राष्ट्रपति पौडेल सुर्खेतमा



अ+ अ-

सुर्खेत– बडीमालिका तीर्थयात्राका क्रममा राष्ट्रपति रामचन्द्र पौडेल सुर्खेत आइपुग्नुभएको छ ।

बुधबार अपरान्ह यहाँ आइपुग्नुभएका राष्ट्रपति पौडेललाई कर्णालीका प्रदेश प्रमुख यज्ञराज जोशी, मुख्यमन्त्री यामलाल कँडेल र कांग्रेस उपसभापति समेत रहनुभएका पूर्व उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले स्वागत गर्नुभएको थियो ।

प्रदेश प्रमुख र मुख्यमन्त्रीसंगको स्वागत भेटपछि राष्ट्रपति पौडेलले सुर्खेतमा शुभेच्छुकहरुसंग भेटघाट गर्नुभएको थियो । उहां बिहीबार बिहान बडीमालिकातर्फ प्रस्थान गर्नुहुने कार्यक्रम रहेको छ ।

त्यहाँ बडीमालिका दर्शनका साथै बाजुरास्थित नाट्यश्वरी मन्दिरको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । भ्रमण टोलीमा संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री बद्रीप्रसाद पाण्डे समेत हुनुहुन्छ । राष्ट्रपति भोलि नै काठमाडौं फर्किनुहुनेछ ।