१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar प्रधानमन्त्री कार्यालयका १५ उपलब्धि सार्वजनिक, विपद् व्यवस्थापनदेखि डिजिटल शासनसम्म प्राथमिकता News Polar राष्ट्रियसभाको २१औँ अधिवेशनमा ५२ बैठक, ९८ घण्टा १० मिनेट काम News Polar गुल्मीमा मात्रै खसीबोका बिक्री कारोबार वार्षिक एक अर्ब News Polar आर्थिक कूटनीतिलाई राष्ट्रिय समृद्धिसँग जोड्नुपर्छः परराष्ट्रमन्त्री खनाल News Polar जैविक मलको प्रयोग बढाउनुपर्छ : मन्त्री चौधरी News Polar काठमाडौंमा दसैँ–तिहार लक्षित विशेष सुरक्षा योजना, ३ हजार ५ सय ६ प्रहरी परिचालन News Polar भोटेकोशी बाढी : प्रसनिसहित २५ प्रहरी अझै बेपत्ता, तीन जनाको शव फेला News Polar मतदाता सहभागिता बढाउन र बदर मत घटाउन दललाई प्रमुख निर्वाचन आयुक्त कार्कीको आग्रह News Polar नयाँबसपार्कमा यात्रु सहायता कक्ष स्थापना News Polar सभामुख अर्यालद्वारा संसदको कार्यसम्पादनको प्रशंसा, जलवायु मुद्दा प्राथमिकतामा राख्ने प्रतिबद्धता News Polar प्रतिनिधि सभाको दोस्रो अधिवेशन सम्पन्नः १४५ दिनमा १२ विधेयक पारित, विपद् व्यवस्थापनमा विशेष समितिको गठन News Polar टिपरले ठक्कर दिँदा एकको मृत्यु, पाँच जना घाइते News Polar राष्ट्रिय सभाको २१ औं अधिवेशन सम्पन्नः १४५ दिनमा ५२ बैठक, के–के भए उपलब्धि ? News Polar सात विधेयक दफावार छलफलका लागि संसदीय समितिमा पठाइयो News Polar धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध पुनः खोलिँदै News Polar ओडारमा लुकाइराखेको अवस्थामा ३ थान भरुवा बन्दुक बरामद News Polar संसदको कार्यशैलीप्रति आचार्यको प्रश्न : ‘संसद बोल्ने मञ्च मात्र हो कि समाधान खोज्ने ?’ News Polar काठमाडौं क्लाइमेट विक २०२६ सुरु, जलवायु न्यायदेखि विश्वव्यापी कूटनीतिसम्म बहस हुने News Polar दुई तिहाइको दम्भले सुशासन ओझेलमा परेको एमाले मुख्य सचेतक मेचेको आरोप News Polar सरकारको ६ महिने कार्यकाल पूर्णतः असफल : झक्कुप्रसाद सुवेदी

इजरायलले पुन: आक्रमण गरेमा ‘निर्णायक’ जवाफ दिने इरानको भनाइ

इजरायलले पुन: आक्रमण गरेमा ‘निर्णायक’ जवाफ दिने इरानको भनाइ
अ अ+ अ-

एजेन्सी । इरानका शीर्ष कूटनीतिज्ञले संयुक्त राष्ट्रसङ्घका प्रमुख एन्टोनियो गुटेर्रेससमक्ष इजरायलको मिसाइल आक्रमणको बदलामा तेहरान ‘निर्णायक र खेदजनक’ प्रतिक्रियाका लागि तयार रहेको जनाउदै राष्ट्रसङ्घलाई कारबाही गर्ने आग्रह गरेको छ ।

इरानले आफ्ना नजिकका सहयोगी हमासका नेता इस्माइल हानियाह, हिजबुल्लाह नेता हसन नसरल्लाह र एक इरानी जनरलको हत्याको बदला लिन अक्टोबर १ मा इजरायलमा करिब २०० वटा क्षेप्यास्त्र प्रहार गरेको थियो ।

इजरायली रक्षामन्त्री योव ग्यालान्टले गत हप्ता आफ्नो देशको प्रतिशोधात्मक उपाय ‘घातक, सटीक र आश्चर्यजनक’ हुने बताउनुभएको थियो ।

इरानका विदेश मन्त्री अब्बास अरागचीले गुटेर्रेससँगको फोन वार्तामा इरानले यस क्षेत्रको शान्ति र सुरक्षाको लागि सबै प्रयास गरिरहेको जनाउदै इजरायलको कुनै पनि कार्यको निर्णायक र खेदजनक प्रतिक्रियाका लागि पूर्ण रूपमा तयार रहेको बताउनुभएको छ ।

अरागचीले राष्ट्र सङ्घलाई ‘इजरायली शासनको अपराध र आक्रामकता रोक्न र लेबनान र गाजामा मानवीय सहायता पठाउन’ आफ्ना स्रोतहरू प्रयोग गर्नसमेत अपील गर्नुभएको छ ।

पछिल्लो समयमा इरानी विदेशमन्त्रीले तनाव कम गर्ने प्रयासमा लेबनान, सिरिया, साउदी अरब, कतार, इराक र ओमानको भ्रमण गर्नुभएको छ ।

इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले सामाजिक सञ्जाल एक्समा यो घटनाक्रम इजरायल,इरान र हमासबीचको युद्धको पृष्ठभूमिमा आएको र एक वर्षभन्दा लामो समयदेखि उग्र हुँदै लेबनानसम्म विस्तार भएको जनाउनुभएको छ ।