३० आश्विन २०८१, बुधबार
,
Latest
इजरायलले पुन: आक्रमण गरेमा ‘निर्णायक’ जवाफ दिने इरानको भनाइ पार्टी कार्यालय बनाउन जग्गा दान लिएको विषयमा विश्वप्रकाशले मागे प्रधानमन्त्रीको जवाफ राष्ट्रपतिद्वारा नवदुर्गा भगवतीको पूजा अर्चना अभिनेता विपिन कार्कीलाई पुत्रीलाभ प्रधानमन्त्री ओलीसँग जापानी राजदूत युुताकाको शिष्टाचार भेट कुटपिट गरी हत्या गरेको अभियोगमा तीनजना पक्राउ पाँच रसियन आरोहीको शव काठमाडौँ पठाइयो डडेल्धुरा बस दुर्घटना: मृतकको सङ्ख्या पाँच पुग्यो, घाइते १२ जनालाई धनगढी ‘रिफर’ इजरायली सेनाद्वारा बुधबार पनि बेरुतमा आक्रमण बाढी, पहिरोपछिको पुनःनिर्माण र पुनःव्यवस्थापनका काम छिट्टै अघि बढ्छ : प्रधानमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

९ वर्षपछि भारतीय विदेशमन्त्री जयशंकर पाकिस्तानमा



अ+ अ-

काठमाडौं । भारतका विदेशमन्त्री एस जयशंकर पाकिस्तान पुगेका छन् । दुई देशबीच वर्षौंदेखि कायम रहेको तनावका बीच कुनै पनि शीर्ष भारतीय नेतृत्वको पाकिस्तान भ्रमण ९ वर्षपछि भएको हो ।

संघाई कोअपरेसन अर्गनाइजेसन (एससीओ) को २३ औं सम्मेलनमा सहभागी हुन भारतीय विदेशमन्त्री जयशंकर इस्लामावाद पुगेका हुन् । एससीओका सदस्य राष्ट्रका सरकार प्रमुखहरुको बैठकको आयोजना पाकिस्तानले गरेको छ । पाकिस्तानले त्यसमा सहभागिताका लागि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई निमन्त्रणा गरेको थियो । तर, उक्त समिटमा मोदी नगएर विदेशमन्त्री जयशंकर गएका हुन् ।

मोदी पहिलो पटक प्रधानमन्त्री भएको एक वर्षपछि २०१५ को डिसेम्बरमा आकस्मिक रूपले पाकिस्तानको यात्रा गरेका थिए । त्यतिबेला उनी पाकिस्तानका तात्कालिन प्रधानमन्त्री नवाज सरिफको लाहोरस्थित घरमै पुगेका थिए । त्यसयता भारतबाट भएको पहिलो उच्चस्तरीय भ्रमण जयशंकरकै भएको हो ।

२०१६ मा उरीस्थिति भारतीय सेनाको ब्रिगेड मुख्यालयमा आतंकवादी हमला भएपछि दुई देशबीचको सम्बन्ध तनावपूर्ण बन्न पुग्यो । त्यसयता विभिन्न घट्नक्रमले दुई देशको सम्बन्ध तनावपूर्ण नै रहँदै आएको छ । पाकिस्तानका तात्कालिन विदेशमन्त्री बिलवाल भुट्टो गतवर्ष एससीओको विदेशमन्त्रीस्तरीय बैठकमा भाग लिन भारत आएका थिए । भारतले गोवामा गतवर्ष उक्त बैठकको आयोजना गरेको थियो । भुट्टोको उक्त भारत भ्रमण पाकिस्तानबाट १२ वर्षपछि त्यहाँका विदेशमन्त्रीको भारत यात्रा थियो ।

दुई देशका सरकार प्रमुखहरू पनि एससीओको शिखर सम्मेलनमा मञ्च साझा गरिसकेका छन् । विदेशमन्त्रीहरूले एक अर्काको देशको यात्रा गरेका छन् । तर, आपसी सम्बन्धमा भने अझै सुधार आइसकेको छैन । पाकिस्तान यात्रा गर्नुपूर्व विदेशमन्त्री जयशंकरले एससीओ सम्मेलनसँग सम्बन्धित विषय बाहेक द्विपक्षीय कुराकानी नहुने बताएर पाकिस्तानसँगको सम्बन्धमा तत्कालै सुधार आइनहाल्ने संकेत दिएका छन् ।

दुई देशको सम्बन्धमा आएको तनावका कारण सार्क सम्मेलन छायाँमा परेको छ । २०१४ मा नेपालमा भएको सार्क सम्मेलनपछि २०१६ मा उक्त सम्मेलन पाकिस्तानले आयोजना गर्ने तय थियो । इस्लामावादमा हुने तय भएको उक्त सम्मेलन दुई देशबीचको तनावका कारणले हुन सकेको छैन ।एससीओमा चीन, रूस, भारत, ईरान, कजाकिस्तान, किर्गिस्तान, ताजिकिस्तान, उज्जबेकिस्तान, पाकिस्तान र बेलारूस सदस्य राष्ट्र छन् ।