३० आश्विन २०८१, बुधबार
,
Latest
भैंसेपाटीकी इन्स्पेक्टर शाहीलाई पक्राउ गर्न अदालतको अनुमति इजरायलले पुन: आक्रमण गरेमा ‘निर्णायक’ जवाफ दिने इरानको भनाइ पार्टी कार्यालय बनाउन जग्गा दान लिएको विषयमा विश्वप्रकाशले मागे प्रधानमन्त्रीको जवाफ राष्ट्रपतिद्वारा नवदुर्गा भगवतीको पूजा अर्चना अभिनेता विपिन कार्कीलाई पुत्रीलाभ प्रधानमन्त्री ओलीसँग जापानी राजदूत युुताकाको शिष्टाचार भेट कुटपिट गरी हत्या गरेको अभियोगमा तीनजना पक्राउ पाँच रसियन आरोहीको शव काठमाडौँ पठाइयो डडेल्धुरा बस दुर्घटना: मृतकको सङ्ख्या पाँच पुग्यो, घाइते १२ जनालाई धनगढी ‘रिफर’ इजरायली सेनाद्वारा बुधबार पनि बेरुतमा आक्रमण
तपाईं के खोज्दै हुनुहुन्छ ?

आज देशभरको मौसम समान्यत सफा रहने



अ+ अ-

काठमाडौं । हाल देशभर पश्चिमी वायुको आंशिक तथा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मुख्यतया मौसम सफा रहने छ । साथै कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

त्यसैगरी, आज राति देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने छ ।कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

आगामी २४ घण्टामा सबै प्रदेशका पहाडी भागका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।