१२ भाद्र २०८३, शुक्रबार
,
Latest
भोटेकोशी बाढी : ११७ विदेशी पर्यटकको उद्दार, कुन देशका कति ? भोटेकोशी बाढीः टिचिङ अस्पतालमा २२ को उपचार हुँदै, २१ बिरामी ‘डिस्चार्ज’ बाढीपहिरो प्रभावितको राहतका लागि एमाले बागमती र राजधानी प्रदेशद्वारा २० लाख सहयोग घोषणा माथिल्लो त्रिशूली–३ ‘ए’ को अन्डरग्राउन्ड पावर हाउसमा फसेका कर्मचारीको उद्धारका लागि उत्खनन तीव्र गैरआवासीय नेपाली संघद्वारा ५ करोडको राहत घोषणा, नुवाकोटका प्रभावित क्षेत्रमा सामग्री वितरण भोटेकोशी बाढीः दिउँसो १२ बजेसम्म ४८९ जनाको शव फेला, दुई हजार ३८१ अझै सम्पर्कविहीन भोटेकोशी बाढी : रुकुम पश्चिमका १५ जना सम्पर्कविहीन आवश्यकता परेको खण्डमा परराष्ट्र मन्त्रालयको च्यानलमार्फत वैदेशिक सहयोग परिचालन गर्छौं– सरकार चीनको सिजाङमा पहिरोः उद्धार टोली अति प्रभावित क्षेत्रमा पुग्यो बाढी–पहिरो पीडितको राहतका लागि प्रवासी नेपाली मञ्चले २० लाख दिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

मयूर नाच संरक्षणमा जुटे हल्चौरका युवा



अ+ अ-

काँक्रेविहार । आधुनिक प्रविधिसँगै लोप हुँदै गएको मयूर नाचको संरक्षणमा जाजरकोट नलगाड नगरपालिका–८ हल्चौरका युवा जुटेका छन् । दसैँ, तिहारजस्ता पर्वमा यहाँका युवाले उक्त नाच गाउँगाउँमा गएर प्रदर्शन गरी संरक्षण अभियान चलाएको स्थानीय विष्णु केसीले बताउनुभयो ।

युवाले रकम जुटाएर मयूर नाचका लागि आवश्यक सामग्री खरिद गरी गाउँमा मयूर नाच नाचिरहेको उहाँले जानकारी दिनुभयो । पछिल्लो समय ‘स्पीकर’बाट गीत बजाएर नाच्ने चलन बढिरहेको समयमा मयूर तथा सिगारु नाचले गाउँमा रौनकता छाएको पञ्चभयार माध्यमिक विद्यालयका शिक्षक वीरबहादुर खत्रीले बताउनुभयो । अघिल्लो पुस्ताले गाउने र नाच्ने यी पुराना संस्कार संरक्षण नहुँदा पछिल्लो समय लोप हुँदै गएको थियो । अहिले युवाहरू मिलेर संरक्षण अभियान सञ्चालन गरेकामा आफूलाई खुसी लागेको उहाँले बताउनुभयो ।

सल्ल्यान, रुकुम पश्चिमको मग्मालगायतका ठाउँबाट सिकेर यहाँका युवाले मयूर नाच गाउँमा प्रदर्शन गरिरहेका छन् । स्थानीयवासी हरिबहादुर खत्री भन्नुहुन्छ, “पहिला हाम्रो पालामा केटाकेटीको कुरा गीतबाटै हुन्थे, आजभोलिको जस्तो मोबाइल थिएन । मादल, कुरकुटी, झ्यालीको सहायताले नाच्ने र गाउने काम हुन्थ्यो”, उहाँले भन्नुभयो, “डोल्पाबाट बग्दै आयो कस्तुरीको विना ! वन वराउँछ बयार्लैले, मन वराउँछ किन ? गैरीखेत घाँस खाँदै आए डोल्पाली घोडा, हजुरको  मयूर नाचको बयानै सुनी आइगैँ बाबु, छोरा । यी टुक्काहरू सिगारु नाचका हुन् ।”

मयूर नाचसँगै सिगारु नाचका गीतले अहिले हल्चौरको गाउँमा छुट्टै रौनकता छाएको छ । मादल, नेवर, झ्याली, कुरकुटी, बाँसुरी र मयूरको प्याकको सहायताले मयूर नाच प्रदर्शन गरिन्छ । बाइसे, चौबिसे राज्य हुँदा खगेनकोटी राजाले आफ्नी श्रीमतीले दाइजोस्वरुप जुम्लाबाट ल्याएकी भान्से ब्राह्मणको बिहेवारीपछि विर्तास्वरुप हल्चौरको माटो उपयुक्त मानी न्यौपाने थरका ब्राह्मणलाई  ठूलो चौरमा हलो जोतेर दिएका कारण हल्चौर नाम रहन गएको खगेनकोटी खत्रीहरूको वंश वृक्ष किताबमा उल्लेख छ । रासस




भर्खरै