३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

मयूर नाच संरक्षणमा जुटे हल्चौरका युवा

मयूर नाच संरक्षणमा जुटे हल्चौरका युवा
अ+ अ-

काँक्रेविहार । आधुनिक प्रविधिसँगै लोप हुँदै गएको मयूर नाचको संरक्षणमा जाजरकोट नलगाड नगरपालिका–८ हल्चौरका युवा जुटेका छन् । दसैँ, तिहारजस्ता पर्वमा यहाँका युवाले उक्त नाच गाउँगाउँमा गएर प्रदर्शन गरी संरक्षण अभियान चलाएको स्थानीय विष्णु केसीले बताउनुभयो ।

युवाले रकम जुटाएर मयूर नाचका लागि आवश्यक सामग्री खरिद गरी गाउँमा मयूर नाच नाचिरहेको उहाँले जानकारी दिनुभयो । पछिल्लो समय ‘स्पीकर’बाट गीत बजाएर नाच्ने चलन बढिरहेको समयमा मयूर तथा सिगारु नाचले गाउँमा रौनकता छाएको पञ्चभयार माध्यमिक विद्यालयका शिक्षक वीरबहादुर खत्रीले बताउनुभयो । अघिल्लो पुस्ताले गाउने र नाच्ने यी पुराना संस्कार संरक्षण नहुँदा पछिल्लो समय लोप हुँदै गएको थियो । अहिले युवाहरू मिलेर संरक्षण अभियान सञ्चालन गरेकामा आफूलाई खुसी लागेको उहाँले बताउनुभयो ।

सल्ल्यान, रुकुम पश्चिमको मग्मालगायतका ठाउँबाट सिकेर यहाँका युवाले मयूर नाच गाउँमा प्रदर्शन गरिरहेका छन् । स्थानीयवासी हरिबहादुर खत्री भन्नुहुन्छ, “पहिला हाम्रो पालामा केटाकेटीको कुरा गीतबाटै हुन्थे, आजभोलिको जस्तो मोबाइल थिएन । मादल, कुरकुटी, झ्यालीको सहायताले नाच्ने र गाउने काम हुन्थ्यो”, उहाँले भन्नुभयो, “डोल्पाबाट बग्दै आयो कस्तुरीको विना ! वन वराउँछ बयार्लैले, मन वराउँछ किन ? गैरीखेत घाँस खाँदै आए डोल्पाली घोडा, हजुरको  मयूर नाचको बयानै सुनी आइगैँ बाबु, छोरा । यी टुक्काहरू सिगारु नाचका हुन् ।”

मयूर नाचसँगै सिगारु नाचका गीतले अहिले हल्चौरको गाउँमा छुट्टै रौनकता छाएको छ । मादल, नेवर, झ्याली, कुरकुटी, बाँसुरी र मयूरको प्याकको सहायताले मयूर नाच प्रदर्शन गरिन्छ । बाइसे, चौबिसे राज्य हुँदा खगेनकोटी राजाले आफ्नी श्रीमतीले दाइजोस्वरुप जुम्लाबाट ल्याएकी भान्से ब्राह्मणको बिहेवारीपछि विर्तास्वरुप हल्चौरको माटो उपयुक्त मानी न्यौपाने थरका ब्राह्मणलाई  ठूलो चौरमा हलो जोतेर दिएका कारण हल्चौर नाम रहन गएको खगेनकोटी खत्रीहरूको वंश वृक्ष किताबमा उल्लेख छ । रासस