२८ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुदूरपश्चिम रोयल्सको प्रमुख मेन्टेरमा अस्ट्रेलियाका पूर्व क्रिकेटर ब्राड हज



अ+ अ-

काठमाडौं । सुदूरपश्चिम रोयल्सले अस्ट्रेलियाका पूर्व क्रिकेटर ब्राड हजलाई आफ्नो प्रमुख मेन्टेर नियुक्त गरेको छ ।

अस्ट्रेलियाका लागि सन् २००७ को विश्वकप विजेता टोलीमा रहेका हजको आगमनले सुदूरपश्चिम रोयल्सले नेपाल सुपर लिग (एनपिएल) मा उच्च प्रदर्शन गर्ने अपेक्षा गरेको जनाएको छ । हजले कोलकाता नाइट राइडर्सबाट इन्डियन प्रिमियर लिग (आइपिएल) समेत खेलेका थिए ।

हजको आगमनलाई लिएर टोली उत्साहित रहेको सुदूरपश्चिम रोयल्सका मालिक स्वतन्त्र प्रताप शाहले बताए ।

दीपेन्द्र सिंह ऐरी मार्की खेलाडी रहेको सुदूरपश्चिम रोयल्सको मुख्य प्रशिक्षकमा जगत टमाटा छन् । सुदूरपश्चिम रोयल्समा ओलम्पियन दीपक विष्ट ब्रान्ड एम्बेसडर र केपी खनाल सोसियल एक्टिभिस्ट एम्बेसडर छन् ।

नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा मंसिर १६ गते देखि एनपिएल सुरु हुनेछ ।