२७ जेष्ठ २०८३, बुधबार
,
Latest
मनाङको विकास यात्रा सडक, पर्यटन र पूर्वाधारमा नयाँ आयाम बूढानीलकण्ठबाट चेक अनादर मुद्दामा फरार दोषी पक्राउ नेपालकै इतिहासमा सबैभन्दा ठूलो वित्तीय अपराधको छानबिन भइरहेको छः अर्थमन्त्री वाग्ले भैरहवामा ४१ लाखभन्दा बढी मूल्यका भन्सार छलेका सामान बरामद, प्रहरीद्वारा गोदाममा छापा संसद्को गतिरोध अन्त्य गर्न सभापति लामिछाने सक्रिय, विपक्षी नेतासँग छलफल अघिल्ला सरकारले ल्याएका गरिबमुखी तथा लोककल्याणकारी कार्यक्रमलाई निरन्तरता दिएका छौँः अर्थमन्त्री वाग्ले ‘टोलटोलमा फिल्म महोत्सव’ गर्दै काठमाडौँ महानगर रास्वपा बागमती प्रदेश अधिवेशन स्थगित ३५ करोड लगानीमा नेपालमै ‘स्किन केयर’ सामग्री उत्पादन उद्योग विगतका सरकारको कमजोरी देखाएर वर्तमान त्रुटिको बचाउ गर्न मिल्दैन : एमाले सांसद कँडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतलाई हराउँदै अस्ट्रेलिया सेमिफाइनलमा



अ+ अ-

काठमाडौं । अस्ट्रेलियाले भारतलाई नौ रनले हराउँदै आईसीसी वुमेन्स ट्वान्टी ट्वान्टी वर्ल्डकप २०२४ को सेमिफाइलन यात्रा निश्चित गरेको छ ।

अर्कोतर्फ हारपछि भारतको भविष्य भने अर्को टिमको हातमा गएको छ । अस्ट्रेलिया महिला ट्वान्टी ट्वान्टी विश्वकपको सेमिफाइनल पुगेको यो लगातार नवौंपल्ट हो ।

सारजाहमा भएको खेलमा अस्ट्रेलियाले पहिले ब्याटिङ गर्दै आठ विकेटमा १ सय ५१ रन बनाएको थियो । ग्रिस ह्यारिसले ४० रन बनाइन् । जवाफमा भारतले नौ विकेट गुमाएर १ सय ४२ रन मात्र बनाउन सक्यो । उसका लागि हरमनप्रितले नटआउट रहँदै ५४ रन बनाए पनि त्यो पर्याप्त रहेन ।

यो जितपछि डिफेन्डिङ च्याम्पियन अस्ट्रेलिया समूह ‘ए’ को शीर्षमा रहने निश्चित भएको छ । उसले लिग चरणका सबै चार खेल जितेको छ । भारत अझै दोस्रो स्थानमा छ ।

अब अर्को खेलमा पाकिस्तानले न्युजिल्यान्डले हराउने र भारत ती दुवै टिमको रन रेटभन्दा माथि रहेको अवस्थामा उसको सेमिफाइनलको सम्भावना रहनेछ ।