४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान News Polar पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु News Polar भोटेकोशी बाढीः कुशको शव बनाएर पातारासीका १० जनाको सामुहिक अन्त्येष्टि News Polar स्वास्थ्य सेवाको अस्थायी दरबन्दी स्वीकृत गर्ने मधेस सरकारको निर्णय News Polar भक्तपुर क्यान्सर अस्पतालमा पूर्वाधार अभावले उपचारमा समस्या News Polar भक्तपुरमा अपराधसम्बन्धी १७९ मुद्दा दर्ता

गणेशमान सिंहको १०६ औं जन्म जयन्ती मनाईंदै

गणेशमान सिंहको १०६ औं जन्म जयन्ती मनाईंदै
अ+ अ-

काठमाडौं । सर्वोच्च कमाण्डर गणेशमान सिंहको १ सय ६ औं जन्म जयन्ती विभिन्न कार्यक्रम गरी आज मनाईंदै छ । 

सिंहको जन्मजयन्तीका अवशरमा विभिन्न राजनीतिक दलका नेताहरुले सिंहलाई राष्ट्रिय एकताको सम्बाहक र त्यागी नेताका रुपमा सम्झेका छन् । तत्कालित समयमा राष्ट्रिय एकताका लागि उहाँले खेल्नुभएको भूमिको नेताहरुले प्रशंसा गरेका छन् । सिंहको जन्मजयन्तीका अवशरमा गणेशमान सिंह तथा जन आन्दोलन शहीद स्मृति शान्ति प्रतिष्ठानद्वारा आयोजना गरिएको कार्यक्रममा सभामुख अग्निप्रसाद सापकोटाले गणेशमानसिंहले राष्ट्रिय एकताका लागि लिनुभएको पहलका कारण राजनीतिक सहमतिमै नेपालको संविधान जारी भएको बताउनुभयो । राष्ट्रिय एकताका लागि उहाँले लिनुभएका कदमहरु कति सान्दर्भिक थिए भन्ने कुरा २०४६ सालमा प्रमाणित गर्नुभएको उहाँले बताउनुभयो ।

कम्युनिष्ट र कांग्रेस भनेर सधै विवाद र बहस हुने गरेकोमा सिंहले त्यसलाई तोडेर राष्ट्रिय एकताको भावना जागृत गराउनुभएको सभामुख सापकोटाले बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘गणेशमान सिंह राष्ट्रिय एकताका पक्षपाती हुनुहुन्थ्यो भन्ने कुरा २०४६ मा प्रमाणित भएको छ । २०४६ कांग्रेस र कम्युनिष्ट भनेर विभिन्न विवाद, बहस हुने गर्थे उहाँले त्यसलाई तोडेर राष्ट्रिय एकताको भावना जागृह गर्नुभयो । उहाँले राख्नुभएको राष्ट्रिय एकताको भावना अझै परिपूर्ण हुन बाँकी छ तर उहाँले लिनुभएको पहलका कारण कांग्रेस कम्युनिष्ट नभनि नेपालको संविधान जारी गर्न सकेका हौँ ।’’

संविधानसभाका अध्यक्ष सुवासच्द्र नेम्वाङले गणेशमान सिंहको नेतृत्वमा भएको आन्दोलनले निरंकुश पञ्चायित व्यवस्था विरुद्ध सफता हासिल भएको बताउनुभयो । अहिले राजनीतिक क्षेत्रमा लागेका व्यक्तिहरुले राजनीतिकलाई पेशका रुपमा लिने गरेको भएपनि सिंहले राजनीतिलाई सधै सेवाको रुपमा लिने गरेको उहाँले स्मरण गर्नुभयो । उहाँले भन्नुभयो, ‘‘अहिले राजनीतिमा लागेकाहरुको बीचमा पदमा पुग्नुपर्छ । अझ शीर्ष तहमा गएकाहरु प्रधानमन्त्री हुनुपर्छ । (कसैप्रति टिप्पणी गर्न खोजेको होइन) प्रधानमन्त्री पनि एक पटक भएर पुग्दैन पटक पटक हुनुपर्छ भन्ने छ । (कसैप्रतिको टिप्पणी होइन) तर म आफै आग्रह गर्ने गर्छु राजनीति पेशा होइन सेवा हो । त्यती बेला गणेशमानजीले व्यवहारमा गरेर देखाउनुभयो । आफु प्रधानमन्त्री हुनुभएन् । आफ्ना साथीभाइलाई बनाउनुभयो । त्यसैले धेरै प्रधानमन्त्रीहरु भन्दा अगाडी उहाँको सम्झना गरिन्छ । उहाँको नाम अगाडी आउँछ । सम्मान प्राप्त गर्न प्रधानमन्त्री नै हुनुपर्छ भन्ने नरहेछ भन्ने उहाँले प्रमाणित गर्नुभएको छ ।’’

नेपाली कांग्रेसका सचेतक पुष्पा भुसालले सिंहले संगठन/सरकारमा जहाँ भएपनि आफ्नो फरक मत राखेपनि लोकतन्त्र र राजनीतिक दल कमजोर हुने काम कहिले नगरेको बताउनुभयो । पार्टीले गरेका हरेक निर्णयहरु स्वीकार गर्ने सिंह क्षमता र खुबीलाई आजका नेता कार्यकर्ताहरुले सिक्न जरुरी रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘संगठन वा सरकारमा जहाँ भएपनि उहाँले आफ्नो विचार राख्नुहुन्थ्यो फरक मतको रुपमा तर उहाँले लोकतन्त्र र राजनतिक दल कमजोर हुनेगरी कहिलेपनि अपाm्नो काम गर्नुभएन । पार्टीको निर्णय स्वीकार गर्ने उहाँको क्षमता र खुबीलाई आजको नेता कार्यकर्ताले सिक्न जरुरी छ ।’’

कार्यक्रममा राष्ट्रिय जागरण अभियन्ता तथा सीमाविद बुद्विनारायण श्रेष्ठलाई शान्ति स्वर्ण पदकबाट सम्मानित गरिएको छ । सम्मानित भएपछि श्रेष्ठले सरकारले सबै पक्षसँग छलफल गर्दै सुझाव संकलन गरी सीमा विवाद हल गर्नुपर्ने बताउनुभयो । चीनले सगरमाथामा आफ्नो दावी गर्दा विपि कोइरालाले विवाद समाधानका लागि खेलेको भूमिका अहिलेको राजनीतिक नेतृत्वले पनि खेल्नुपर्ने उहँले बताउनुभयो । सम्मानले अझै काम गर्ने प्रेरणा मिलेको उल्लेख गर्दै उहाँले कालापानी, लिपुलेक र लिम्पियाधुरा समेतको सम्पूर्ण नेपालको भूमि समेटिएको नक्साहरु प्रकाशनको तयारी गरेको बताउनुभयो । उहाँले आफुले ७९ नक्सा सहितको किताब प्रकाशनको तयारीमा आफु रहेको बताउनुभएको हो ।

२०४६ को जनआन्दोलनका सर्वोच्च कमाण्डर सिंह विसं १९७२ कात्तिक २४ गते काठमाडौँको क्षेत्रपाटीमा जन्मिनु भएको थियो । नेता सिंहको २०५४ असोज २ गते निधन भएको हो । काठमाडौँको खानदानी परिवारमा जन्मिएका सिंहले १९९७ सालमा स्थापना भएको नेपालको पहिलो राजनीतिक पार्टी प्रजा परिषद्को सदस्य भई राणा शासन हटाउने अभियानमा आफूलाई सक्रिय बनाएका बनाउनुभएको थियो । २०४६ सालको आन्दोलन सफल भएपछि तत्कालीन राजा वीरेन्द्रले प्रधानमन्त्री बन्न गरेको आग्रह उनले आफ्ना समकक्षी नेता कृष्णप्रसाद भट्टराईलाई अघि सार्दै नेपाली राजनीतिमा त्यागको उच्च नमुना प्रस्तुत गरेका गर्नुभएको थियो ।