३१ श्रावण २०८३, आईतवार
,
Latest
मन्त्री लम्साललाई हेलिकप्टरमार्फत धनगढी लगियो नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलियातर्फ  बस्ती पसेको बाघ नियन्त्रणमा सुदूरपश्चिममा वर्षाको सम्भावनाः सतर्कता अपनाउन आग्रह जनकपुरधामको फोहोर व्यवस्थापनमा बर्सेनि करोडौं खर्च, अहिलेसम्म छैन ल्यान्डफिल साइट गुल्मीमा दुई महिनादेखि हवाई सेवा प्रभावित मानवीय सहायताका लागि सात सयभन्दा बढी ट्रक पाकिस्तान हुँदै अफगानिस्तान भित्रिए ‘बङ्गलादेशः हसिना फिर्ता नभएसम्म प्रधानमन्त्री रहमान भारत भ्रमण नगर्ने ‘ इन्डोनेसियामा ३४१ परकम्प; भूकम्पमा मृत्यु सङ्ख्या ५१ पुग्यो, हजारौँ विस्थापित खोटाङमा स्थानीय तहको सङ्ख्या र सीमा हेरफेरसम्बन्धी छलफल सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

इजरायली आक्रमणले लेबनानी मस्जिद ’पूर्ण रूपमा’ ध्वस्त: मिडिया



अ+ अ-

एजेन्सी । इजरायली हवाई आक्रमणले लेवनानको युद्धग्रस्त दक्षिणी क्षेत्रमा अवस्थित मस्जिदलाई ध्वस्त पारेको लेबनानी आधिकारिक मिडियाले आइतबार जनाएको छ । पछिल्लो समयमा इजरायलले आक्रमण अभियानलाई तीव्र बनाएको छ ।

स्थानीय समय अनुसार आइतबार “बिहान ३ :४५ बजे इजरायली लडाकुँ विमानले कफर टिबनिट गाउँको केन्द्रमा रहेको उक्त मस्जिदलाई लक्षित गरी हवाई आक्रमण गरी पूर्ण रूपमा नष्ट गरेको लेबनानको राष्ट्रिय समाचार एजेन्सीले जनाएको छ ।

कफर टिबनिटका मेयर फुआद यासिनले द्धिदेशिय सीमाबाट करिब आठ किलोमिटर टाढा रहेको उक्त गाउँका मानिसहरूले मस्जिदको विनाससँगै एकताको केन्द्र गुमाएको बताउनु भएको छ । उहाँका अनुसार एक सय वर्ष पुरानो उक्त मस्जिद एउटा महत्त्वपूर्ण ठाउँ थियो जहाँ मानिसहरू विशेष अवसरहरूमा भेला भई पुजापाठ गर्ने गर्थे“ ।

गाजा युद्धलाई लिएर इजरायल र हिज्बोल्लाहबिच सीमापार आक्रमणकोे एक वर्षको समय पूर्ण द्वन्द्वमा परिणत भयो ।

लेबनानका अधिकारीहरूले इजरायलको निरन्तरको आक्रमणले लेबनानमा एक हजार २६० भन्दा बढी मानिसहरूको ज्यान लिनुका साथै दश लाखभन्दा बढी मानिस विस्थापित भएको बताएका छन् ।