२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

इजरायली आक्रमणले लेबनानी मस्जिद ’पूर्ण रूपमा’ ध्वस्त: मिडिया



अ+ अ-

एजेन्सी । इजरायली हवाई आक्रमणले लेवनानको युद्धग्रस्त दक्षिणी क्षेत्रमा अवस्थित मस्जिदलाई ध्वस्त पारेको लेबनानी आधिकारिक मिडियाले आइतबार जनाएको छ । पछिल्लो समयमा इजरायलले आक्रमण अभियानलाई तीव्र बनाएको छ ।

स्थानीय समय अनुसार आइतबार “बिहान ३ :४५ बजे इजरायली लडाकुँ विमानले कफर टिबनिट गाउँको केन्द्रमा रहेको उक्त मस्जिदलाई लक्षित गरी हवाई आक्रमण गरी पूर्ण रूपमा नष्ट गरेको लेबनानको राष्ट्रिय समाचार एजेन्सीले जनाएको छ ।

कफर टिबनिटका मेयर फुआद यासिनले द्धिदेशिय सीमाबाट करिब आठ किलोमिटर टाढा रहेको उक्त गाउँका मानिसहरूले मस्जिदको विनाससँगै एकताको केन्द्र गुमाएको बताउनु भएको छ । उहाँका अनुसार एक सय वर्ष पुरानो उक्त मस्जिद एउटा महत्त्वपूर्ण ठाउँ थियो जहाँ मानिसहरू विशेष अवसरहरूमा भेला भई पुजापाठ गर्ने गर्थे“ ।

गाजा युद्धलाई लिएर इजरायल र हिज्बोल्लाहबिच सीमापार आक्रमणकोे एक वर्षको समय पूर्ण द्वन्द्वमा परिणत भयो ।

लेबनानका अधिकारीहरूले इजरायलको निरन्तरको आक्रमणले लेबनानमा एक हजार २६० भन्दा बढी मानिसहरूको ज्यान लिनुका साथै दश लाखभन्दा बढी मानिस विस्थापित भएको बताएका छन् ।