१८ असार २०८३, बिहीबार
,
Latest
सरकारको दाबी : फिफाको एन्फा निलम्बन अहिलेको हस्तक्षेपका कारण मात्रै होइन जनताको करबाट सहकारी बचत फिर्ता गर्न नहुने : सांसद पार्वती विक कर्णालीमा खसेको गाडीमा १४ जना सवार रहेको अनुमान मन्त्रालयमा सल्लाहकार नियुक्तिबारे सरकारः पाँचमध्ये एक जना मात्र वैतनिक सल्लाहकार हुन् ट्राफिक नियमको पूर्णपालना गर्न मुख्यमन्त्री शाहको आग्रह पीडित बचतकर्ताको हित हुनेगरी सहकारी विधेयक अगाडि बढाइयोस्ः पद्मा अर्याल यी हुन् आज बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरू शिक्षा नियमावलीको १०औँ संशोधन स्वीकृत प्रतिपक्षको अवरोधका कारण मधेस प्रदेशसभाको बैठक स्थगित कोशी प्रदेशसभाको बैठक लगातार तीन दिन स्थगन
तपाईं के खोज्दै हुनुहुन्छ ?

चचहै, चचहै (तस्विरहरू)



काठमाडौँ, २५ असोज लिङ्गे पिङ भक्तपुरको चाँगुनारायण नगरपालिका-५ स्थित पीखेल हाइटमा लिङ्गे पिङ खेल्दै स्थानीय । तस्बिर : किरणराज विष्ट/रासस
अ+ अ-

काठमाडौं । दशैं भन्ने वित्तिकै धेरैलाई लिङ्गे पीङको सम्झना आउँछ । विशेष गरी गाउँघरमा पीङ भएको ठाउँमा त भेला जस्तै लाग्छ । शहर बजारमा पनि पीङप्रतिको मोह कम भएको छैन ।

बालबालिकाहरु पीङ खेल्न भनेपछि हुरुक्कै हुन्छन् । सानोमा खेलेको पीङको यादकै कारण पाका उमेरका व्यक्तिसमेत यसमा आकर्षित हुन्छन् ।

बूढापाकाहरुले समेत दशैंको टीकाको दिन धर्ती छाड्नुपर्छ भन्ने मान्यताका आधारमा एकपटक पीङ खेल्नुपर्छ भन्ने मान्यता राख्छन् ।

काठमाडौंका थुप्रै ठाउँमा यस्ता पीङ बनाइएका छन् । कति ठाउँमा स्थानीयहरूले बनाएका छन् भने कतिपय ठाउँमा सशस्त्र प्रहरी बलले स्थानीय तहको समन्वयमा पीङ बनाइदिएको छ ।

विगत वर्षहरू जस्तै यस वर्ष पनि सर्वसाधारणका लागि सशस्त्र प्रहरी बलले देशभरी स्थानीय निकायसँगको समन्वय समेतमा १ सय ९७ वटा लिङ्गे पिङ राखेको छ । विगत करिब १४ वर्षदेखि पिङ राख्ने कार्यलाई यो वर्ष पनि निरन्तरता दिइएको हो ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ घराम्दी गाउँमा दसैँको अवसरमा हालिएको लिङ्गेपिङ खेल्नका लागि मगर समुदायको मौलिक वेशभूषामा सजिएर भेला भएका स्थानीयबासीहरु र पृष्ठभूमिमा देखिएको निलगिरी र अन्नपूर्ण हिमशृङ्खलाको दृष्य । तस्बिर – सन्तोष गौतम, रासस

 

 

 कपिलवस्तुको चन्द्रौटामा बुधबार पिङ खेल्दै बालबालिका । तस्बिरः सनिउल्ला धोबी/रासस

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ पाउद्धारमा दसैँका अवसरमा हालिएको लिङ्गेपिङ खेल्दै स्थानीय महिला । तस्बिर: सन्तोष गौतम/ रासस

नेपालको पर्यटकीय राजधानी पोखराको लेकसाइडमा बडादसैँका अवसरमा बिहीबार चर्खे पिङ खेलेर रमाउँदै विदेशी पर्यटक । तस्बिर : कृष्ण दवाडी / रासस
सिन्धुलीको कमलामाई नगरपालिका–२ भद्रकालीका स्थानीयबासीले दसैँको अवसरमा हालेको लिङ्गे पिङमा मच्चिदै बालिका । घटस्थापना सुरु भएदेखि नै गाउँमा दसैको रमाइलो सुरु हुन्छ । यही रमाइलोका लागि गाउँघर र टोलटोलमा हालिने लिङ्गे पिङ हिजोआज लोप हुने अवस्थामा छ । तस्बिरः राधिका बुढाथोकी / रासस
ताप्लेजुङको फुङ्लिङ नगरपालिका–५ मा बडादसैँका लागि निर्माण गरिएको लिङ्गे पिङमा रमाउँदै बालबालिका । तस्बिरः दिलकुमार लिम्बू/रासस
भक्तपुरको चाँगुनारायण नगरपालिका-५ स्थित पीखेल हाइटमा लिङ्गे पिङ खेल्दै स्थानीय । तस्बिर : किरणराज विष्ट/रासस