५ पुष २०८२, शनिबार
,
Latest
दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

काभा पुरुष भलिबल : नेपाल फाइनलमा प्रवेश



अ+ अ-

काठमाडौँ: सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) पुरुष यू–२० च्याम्पियनशिपअन्तर्गत लिग चरणको अन्तिम खेलमा नेपालले तुर्कमिनेस्तानलाई पराजित गर्दै प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

श्रीलङ्काको कोलम्बोमा आज भएको खेलमा नेपालले तुर्कमिनेस्तानलाई ३–० सोझो सेटमा पराजित गर्दै फाइनलमा पुगेको हो । आजको खेलमा नेपालले पहिलो सेट २५–१४, दोस्रो सेट २५–२१ र अन्तिम सेट २५–२० अङ्कले जितेको हो ।

जितसँगै नेपालले पाँच खेलबाट १० अङ्क जोडेको छ । यसअघि नेपालले श्रीलङ्का र माल्दिभ्सलाई समान ३–० सेटमा पराजित गरेको थियो भने उज्वेकिस्तानसँग ३–१ र किर्गिस्तानसँग ३–२ सेटमा हार बेहोरेको थियो ।

तुर्कमिनेस्तानले पाँच खेलबाट समान १० अङ्क नै जोडेको छ । उसले माल्दिभ्स र किर्गिस्तानलाई समान ३–० तथा श्रीलङ्कालाई ३–१ को सेटमा पराजित गरेको थियो भने तुर्कमिनेस्तान उज्वेकिस्तानसँग ३–१ को सेटमा पराजित भएको थियो । शनिबार नेपाल र उज्वेकिस्तानबीच फाइनल खेल हुनेछ । रासस