२४ कार्तिक २०८१, शनिबार
,
Latest
सर्वोच्चको आदेशविरूद्ध सरकारको भ्याकेट निवेदन पेरिस सम्झौताअन्तर्गत वन मन्त्रालय र विश्व वन्यजन्तु कोषबीच सम्झौता इन्डो प्यासिफिक कमाण्डका उपकमाण्डर रड काठमाडौमा नेपाल मेडिकल कलेजको प्रिन्सिपलमा प्रा.डा. मरहठ्ठा नियुक्त पूर्वमुमाबडामहारानी शाह अस्पतालबाट डिस्चार्ज चिसो बतास ल्याएर आइन कृपा ‘नेपालको पूर्वाधार विकासमा सहयोग गर्छौं’ टिकटक, नेटफ्लिक्ससहित २० अन्तर्राष्ट्रिय कम्पनी विद्युतीय सेवा करमा दर्ता सुर्खेत–दैलेख सीमामा गाडी दुर्घटना हुँदा पाँचको मृत्यु, २५ घाइते विमानस्थल मर्मतका कारण उत्पन्न समस्याको समाधान खोज्न परराष्ट्रमन्त्रीको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

संस्कृति जोगाउन पिर्के पिङको संरक्षण



अ+ अ-
गण्डकी । दशैं, तिहारको संस्कृतिसँग जोडिएको पिर्के पिङ लोप हुँदै गएको अवस्थामा पोखरा र आसपासमा संरक्षणको प्रयास गर्न थालिएको छ ।
विगत केही वर्ष अघिसम्म देखिन छाडेको पिर्के पिङ दशैं तिहारमा पुन: संरक्षण तथा प्रवर्द्धन गर्न थालिएको हो । काठबाट बनाइने यस पिङलाई ठाँउअनुसार चर्खे, रोटे, रंगते, चम्राली पिङ आदि भन्ने गरिन्छ । नेपाली प्राचीन संस्कृतिसँग जोडिएको पिङ मनोरञ्जनको साधन हो ।
यहाँको रुपा गाउँपालिकाले दुुई वर्ष यता पिर्के पिङको संरक्षणमा जोड दिएको गाउँपालिका अध्यक्ष नबराज ओझाले बताउनुुभयो । “पिर्के पिङप्रतिको आकर्षण बढाउन दुुई वर्षदेखि गाउँपालिकाले पिङ हालेवापत रु १० हजार  प्रोत्साहन रकम दिने गरिएको छ”, उहाँले भन्नुुभयो, “दुुई वर्ष अघि छ वटा मात्रै पिर्के पिङ हाल्ने गरिएको पालिका क्षेत्रमा अहिले २१ स्थानमा पिङ हालिएको छ ।”
कास्कीकै पोखरा महानगरपालिका क्षेत्रका कसेरी, बरपौवा, ठूलोपाटन लगायतका क्षेत्रमा पिङ हालिएको छ । २०४१ साल अघिसम्म पिर्के पिङ हाल्ने गरिएको पोखरा महानगरपालिका वडा नं ३२ ठूलोपाटनमा ४० वर्ष पछि प्रगतिशिल सामुदायिक वन उपभोक्ता समितिको सकृयतामा यस वर्ष पिर्के पिङ हालिएको वन उपभोक्ता समितिका अध्यक्ष भुुवानीप्रसाद पौडेलले जानकारी दिनुुभयो ।
“हामी सानो हुँदा ठूलोपाटनमा पिर्के पिङ हाल्ने गर्थ्यौँ”, अध्यक्ष पौडेलले भन्नुुभयो, “त्यस यता पिङ हाल्ने प्रचलन हराएपछि संस्कृतिको जगेर्ना गर्न यस वर्षदेखि पुन: पिङ हाल्न थालिएको हो ।” तात्कालीन समयमा पिङ हालेका अनुुभवी जनशक्तिसँग परामर्श लिनुका साथै रुपा गाउँपालिका–४ ठकुरी गाउँमा पुुगेर पिङमा प्रयोग गरिने सामग्रीको नाप बारे जानकारी लिइएको उहाँले बताउनुुभयो ।
दसैंका समयमा विशेष गरी टीकाको दिन धर्ती छोड्दा पवित्र भइन्छ भन्ने प्राचीन विश्वासका आधारमा पिङ खेल्ने गरिएको बुढापाका बताउँछन् ।