१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar नयाँ अभ्यासले संसद्लाई बलियो बनाएको सभामुख अर्यालको दाबी News Polar धक्का खाए पनि दुई तिहाईको लक्ष्यमा पुग्न सकिन्छः अध्यक्ष ओली News Polar आइपियुमा जलवायु विपद्बारे नेपालले ‘आपतकालीन प्रश्ताव’ लैजाने, ५० देशको समर्थन News Polar रसुवा बाढीपछि शव व्यवस्थापन र आश्रयस्थलको खोजी मुख्य चुनौतीपूर्ण रह्योः प्रहरी News Polar अनलाइन हिंसामा परेकाले गर्दैनन् उजुरी News Polar जनकपुरधाममा प्रधानाध्यापकहरूको राष्ट्रिय शिखर सम्मेलनः शैक्षिक रूपान्तरणका लागि साझा कार्यदिशा तय हुने News Polar प्रधानमन्त्री कार्यालयका १५ उपलब्धि सार्वजनिक, विपद् व्यवस्थापनदेखि डिजिटल शासनसम्म प्राथमिकता News Polar राष्ट्रियसभाको २१औँ अधिवेशनमा ५२ बैठक, ९८ घण्टा १० मिनेट काम News Polar गुल्मीमा मात्रै खसीबोका बिक्री कारोबार वार्षिक एक अर्ब News Polar आर्थिक कूटनीतिलाई राष्ट्रिय समृद्धिसँग जोड्नुपर्छः परराष्ट्रमन्त्री खनाल News Polar जैविक मलको प्रयोग बढाउनुपर्छ : मन्त्री चौधरी News Polar काठमाडौंमा दसैँ–तिहार लक्षित विशेष सुरक्षा योजना, ३ हजार ५ सय ६ प्रहरी परिचालन News Polar भोटेकोशी बाढी : प्रसनिसहित २५ प्रहरी अझै बेपत्ता, तीन जनाको शव फेला News Polar मतदाता सहभागिता बढाउन र बदर मत घटाउन दललाई प्रमुख निर्वाचन आयुक्त कार्कीको आग्रह News Polar नयाँबसपार्कमा यात्रु सहायता कक्ष स्थापना News Polar सभामुख अर्यालद्वारा संसदको कार्यसम्पादनको प्रशंसा, जलवायु मुद्दा प्राथमिकतामा राख्ने प्रतिबद्धता News Polar प्रतिनिधि सभाको दोस्रो अधिवेशन सम्पन्नः १४५ दिनमा १२ विधेयक पारित, विपद् व्यवस्थापनमा विशेष समितिको गठन News Polar टिपरले ठक्कर दिँदा एकको मृत्यु, पाँच जना घाइते News Polar राष्ट्रिय सभाको २१ औं अधिवेशन सम्पन्नः १४५ दिनमा ५२ बैठक, के–के भए उपलब्धि ? News Polar सात विधेयक दफावार छलफलका लागि संसदीय समितिमा पठाइयो

राजनीतिक दलहरु बलियो भए मात्रै जनअधिकारको प्रयोग हुन्छ: शंकर पोखरेल

राजनीतिक दलहरु बलियो भए मात्रै जनअधिकारको प्रयोग हुन्छ: शंकर पोखरेल
अ अ+ अ-

काठमाडौँँ । सत्तारुढ नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले लोकतन्त्रमा राजनीतिक दलहरु बलियो हुनुपर्ने बताउनुभएको छ ।

राज्यलाई बलियो बनाउन र जनतालाई आफ्नो अधिकारलाई प्रयोग गर्नसक्ने बनाउन पनि लोकतन्त्रमा राजनीतिक दलहरु बलियो हुनुपर्ने महासचिव पोखरेलको तर्क थियो । शुक्रवार कीर्तिपुरमा एमाले मुख्यालय भवनको शिलान्यास कार्यक्रममा बोल्दै उहाँले सो भवन आधुनिक हुने र त्यसले मुलुकमा निर्माणमा समेत सहयोगी भुमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो । सो भवन १० रोपनी १४ आना जग्गामा बन्दैछ । भवन भाटभटेनी सुपरमार्केटका प्रमुख मीनबहादुर गुरुङले सो भवन निर्माण पनि गरिदिने प्रतिवद्धतासहित एमालेलाई जग्गा उपलब्ध गराउनुभएको हो । महासचिव पोखरेलले सो जग्गा उपलब्ध गराउने गुरुङ र उहाँको परिवारप्रति आभार व्यक्त गर्नुभएको थियो ।

उहाँले भन्नुभयो, ‘लोकतन्त्रमा राजनीतिक दलहरु समाजमा प्रतिनिधि संस्थाका रुपमा रहेका छन् । र तिनीहरु बलिया हुनसके भने मात्रै लोकतन्त्र बलियो हुन्छ । राज्य बलियो हुन्छ । लोकतन्त्रमा राज्य बलियो भयो भने मात्रै जनताले अधिकारलाई प्रयोग गर्नसक्ने स्थिति बन्दछ । त्यस अर्थमा हामी आधुनिक नेपालको निर्माणको सन्दर्भमा एउटा आधुनिक कार्यालय भवनको जुन खाँचो थियो । त्यो खाँचोलाई मीनबहादुर गुरुङजी, सावित्री गुरुङजीको तर्फबाट दानका रुपमा उपलब्ध गराउने जुन अठोट गर्नुभएको छ, संकल्प गर्नुभएको छ । त्यसका लागि म पार्टीको तर्फबाट उहाँहरुलाई हृदयदेखि नै धन्यवाद भन्न चाहन्छु । र यो ठाउँमा एक वर्ष भित्र आधुनिक कार्यालय बनाउने संकल्प लिएका छौं । त्यही कुराहरु म आफ्नो तर्फबाट राख्न चाहन्छु ।’

यता गुरुङले भने आफूलाई विश्वास गरेर एमालेले सो भवन निर्माण गर्ने अवस दिएको भन्दै धन्यवाद व्यक्त गर्नुभयो । उहाँले आफू एमाले निकट रहेकाले पनि सो भवन निर्माणका लागि सहयोग गर्न पाउँदा खुशी लागेको बताउनु भयो । व्यवसायी गुरुङले सो भवन नौ रेक्टर स्केलको भूकम्पलाई पनि धान्नेगरी बनाएर आगामी वर्ष २०८२ सालको दशैंको घटस्थापनाको दिन एमालेलाई हस्तान्तरण गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘एमालेले विश्वास गरेर हामीलाई जुन मौका दिनुभयो । त्यसका लागि हामी हृदयदेखि नै धेरैधेरै धन्यवाद दिन चाहन्छौ । एउटा व्यवसायीको रुपमा आफ्नो जिम्मेवारी पूरा गरेको छु । त्यसमा अन्यथा केही पनि छैन । र मैले आफ्नो कर्तव्य पूरा गरेको छु भन्ने मलाई लागेको छ । यो भवन नौंं रेक्टरसम्मको भूकम्पलाई धान्नेगरी यो भवन निर्माण हुनेछ । सबै विपद्लाई हेरेर एकदमै अत्याधुनिक र सुन्दर भवन बनाई दिनेछौं भन्ने प्रतिवद्धता जाहेर गर्दछौं । र यो भवन अर्को सालको घटस्थापनाको दिन उद्घाटन हुन्छ । त्यो दिनका लागि म अहिले नै सबैलाई निम्ता गर्न चाहन्छु ।’

व्यवसायी गुरुङले आफूले व्यवसायीको रुपमा अन्य राजनीतिक दल र समाजको अन्य क्षेत्रमा पनि सहयोग गर्दै आएको पनि स्मरण गराउनु भयो ।