१२ श्रावण २०८३, मंगलवार
,
Latest
दार्चुलामा मध्य चमेलिया जलविद्युत् आयोजना निर्माण हुने अवैध काठ र ढुङ्गा ओसार्ने ट्याक्टर प्रहरी नियन्त्रणमा असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति बागमती, गण्डकी र कर्णाली प्रदेशको केही स्थानमा भारी वर्षाको सम्भावना संसदीय सुनुवाइ समितिको बैठक बस्दै यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह चिकित्सकमाथिको आक्रमणको विरोधमा आज देशभर आकस्मिकबाहेकका सबै स्वास्थ्य सेवा बन्द हुने झापामा स्थानीय तहको सङ्ख्या हेरफेरबारे सर्वपक्षीय छलफल सुरु स्वास्थ्य मन्त्रालयद्वारा नारायणी अस्पतालका सेवा सञ्चालन गर्न अनुरोध
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल फर्किए सन्दीप, अमेरिकाको भिसाका लागि प्रयास गर्ने



file photo
अ+ अ-

काठमाडौं । नेपाली क्रिकेट टोली लिग २ को अर्को श्रृंखलाका लागि अमेरिका प्रस्थान गरेको छ । नेपालले अमेरिका मा घरेलु टोली र स्कटल्यान्डसँग ४ खेल खेल्नेछ ।

नेपाली क्रिकेट टोली अमेरिका लाग्दा स्पिनर सन्दीप लामिछाने भने नेपाल फर्किएका छन् । अमेरिकाको भिसा नभएकाले उनी नेपाल फर्किएका हुन् ।

डेढ महिनाअगाडि अमेरिकी दूतावासमा सन्दीपले दिएका भिसा आवेदन अझै पनि होल्डमा छ । टीमका सबै खेलाडीलाई अमेरिकाले तत्काल तीन महिनाको भिसा दिए पनि सन्दीपको आवेदन विचाराधीन राखिएको थियो ।

सन्दीप नेपाल फर्किएपछि फेरि अमेरिकी दूतावासमा भिसाको प्रकिया अघि बढाइने क्यानको स्रोतले बतायो । दूतावासले भिसा दिएमा सन्दीप दशैँ मनाइसकेर अमेरिका उड्नेछन् ।

नेपालले यसअघि क्यानाडामा तीन खेल हारेकोले यो श्रृंखला निकै महत्त्वपूर्ण छ ।