२३ जेष्ठ २०८३, शनिबार
,
Latest
वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

तडकभडक नगरी खुशीयालीका साथ दशैं मनाउन पूर्वराष्ट्रपति भण्डारीको आह्वान



अ+ अ-

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले तडकभडक नगरी खुशीयालीका साथ दशैं मनाउन आह्वान गर्नुभएको छ ।

दशैंका अवसरमा शुभकामना सन्देश जारी गर्दै पूर्वराष्ट्रपति भण्डारीले दशैं पर्वलाई आ–आफ्ना परिवेश, परिस्थिति र गच्छेअनुसार तडकभडक नगरी मनाउन आह्वान गर्नुभएको हो ।

पूर्वराष्ट्रपति भण्डारीले शुभकामना सन्देशमा भन्नुभएको छ,– ‘वर्षायामको हिलोमैलो सकिएपछि स्वच्छ र सुन्दर शरद ऋतुको सुरुवातसँगै हर्षोल्लासपूर्वक मनाइने बडा दसैँ पर्वलाई हामीले धार्मिक‚ सांस्कृतिक र सामाजिक पर्वको रूपमा मनाउँदै आएका छौँ । बडा दसैँ नेपालीहरूको सबभन्दा ठूलो चाड हो । विविध क्षेत्र र समुदायका दसैँ मनाउने आ–आफ्नै विधि र परम्परा रहेको भएता पनि यो सम्पूर्ण नेपालीहरूको साझा चाड पनि हो ।’ उहाँले अगाडि भन्नुभएको छ– ‘मीठो खाने, राम्रो लगाउने र मनोरञ्जन गर्ने फुर्सदिलो क्षण मात्र नभएर आफन्तजनहरूसँगको सम्बन्धलाई गाढा बनाउने तथा चिसिएको सम्बन्धलाई न्यानो बनाउने, मान्यजनहरूबाट आशिर्वाद लिने र आफूभन्दा सानाहरूलाई आशिर्वाद दिने अवसरको रूपमा बडा दसैँको विशेष महत्व रहेको छ ।’

उहाँले दशैंको पूर्वसन्ध्यामा आइपरेको मनसुनजन्य प्राकृतिक विपद्का कारण उत्पन्न परिस्थितिका कारण धेरैलाई यो दशैँ अलि असहज र खल्लो पनि भएकाले आ–आफ्नो परिवेश, परिस्थिति र गच्छेअनुसार तडकभडकरहित, मितव्ययी, तर खुसियालीका साथ मनाउनुपर्ने बताउनुभएको हो ।