• २१ जेष्ठ २०८१, सोमबार
  •      Mon Jun 3 2024
  •   Unicode
Logo
Latest
★   टी–२० विश्वकपः सुपर ओभरमा पुगेको खेलमा नामिबियाले ओमानलाई ११ रनले हरायो ★   ओमान र नामिबियाको खेल सुपर ओभरमा ★   न्यायाधीश नियुक्ति : भागबण्डा मात्र खोज्ने कि विषयविज्ञता पनि हेर्ने ? ★   टी–२० विश्वकपः नामिबियालाई ओमानले दियो ११० रनको लक्ष्य ★   जगदुल्ला जलविद्युत् आयोजना बनाउन ‘ग्लोबल टेण्डर’ आह्वान ★   लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै ★   प्रधानमन्त्रीले आज सरकारको वार्षिक प्रतिवेदन पेश गर्ने ★   सबैको प्यारो छुक्छुके रेल अहिले कसरी भयो अपहेलित ? ★   पिएनजीसँग झण्डै हार्यो वेस्ट इन्डिज, २ पटकको च्याम्पियन १९ ओभरमा १३७ रनको लक्ष्य पछ्याउन सफल ★   जेठ अन्तिमदेखि मनसुन भित्रिँदै, सरदरभन्दा बढी वर्षा हुने

काँग्रेस महामन्त्री कोइरालाद्वारा समवेदना



काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइरालाले दिवंगत प्रतिनिधिसभा सदस्य सूर्यबहादुर केसीका परिवारजनलाई समवेदना व्यक्त गर्नुभएको छ ।

नेपाली काँग्रेसका आमन्त्रित केन्द्रीय सदस्य केसीको पोखरास्थित निवासमा पुगी महामन्त्री कोइरालाले सामाजिक एवम् राजनीतिक क्षेत्रमा केसीले गर्नुभएको योगदानको स्मरण गर्दै उहाँप्रति श्रद्धाञ्जलि र परिवारजनमा समवेदना व्यक्त गर्नुभएको हो । महामन्त्रीसँगै अन्य केन्द्र र जिल्लास्तरका नेता पनि केसीको निवासमा पुग्नुभएको थियो । 

सोही अवसरमा नेपाल प्रेस युनियन कास्कीले सुप्रेम शारदा पत्रकारिता पुरस्कारका संस्थापक केसीप्रति समवेदना व्यक्त गरेको थियो । युनियन कास्कीका अध्यक्ष नवीन सिग्देलले केसीका परिवारजनमा समवेदनापत्र हस्तान्तरण गर्नुभयो ।