१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

भरुवा बन्दुकसहित ६० वर्षीय पुरुष पक्राउ



प्रतीकात्मक तस्बिर
अ+ अ-

दमौली । तनहुँको भीमाद नगरपालिका–२ बन्दीछापबाट भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही वडाको सिमलबोट बस्ने ६० वर्षीय टुकबहादुर थापा रहेका छन् ।

प्रहरी चौकी किहुँबाट खटिएको प्रहरी टोलीले उनलाई बन्दुकसहित पक्राउ गरेको हो । उनको साथबाट एक नाले भरुवा बन्दुक बरामद गरेको प्रहरीले जनाएको छ । 

पक्राउ परेकाविरुद्ध हातहतियार मुद्दा शीर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए ।