२३ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बडादशैँमा घर जाने सैनिक तथा आश्रित परिवारलाई यातायात सुविधा सञ्चालन



अ+ अ-

काठमाडौँ । नेपालीहरुको महान् चाड बडादशैँ, २०८१ को अवसरमा घर जाने सैनिक तथा आश्रित परिवारलाई यातायात सुविधा सञ्चालन गरिएको छ ।

घर बिदा जाने नेपाली सेनाका सकलदर्जा तथा तिनका आश्रित परिवारजनलाई सैनिक कल्याणकारी कार्य अन्तर्गत मिति २०८१ आश्विन १८ गतेबाट मुलुकका विभिन्‍न स्थानहरुमा सहुलियतको यातायात सुविधा (स्थल तथा हवाइ) सञ्चालन गरिएको हो ।

सडक सञ्जालको पहुँच पुगेका स्थानहरूमा सवारी साधन (बस) मार्फत १२३० जना र सडक सञ्जालको सहज पहुँच नपुगेका तथा दुर्गम पहाडीरहिमाली क्षेत्रहरू लगायत लामो दुरीका गन्तव्यहरुमा हवाई उडानमार्फत ७२१ जना गरी हालसम्म १९५१ जना सकलदर्जा एवं आश्रित परिवारहरूले यातायात सुविधा मार्फत यात्रा गरिसकेका छन् । यो सुविधा आगामी आश्विन २४ गतेसम्म सञ्चालन हुनेछ ।

नेपाली सेनाले कल्याणकारी कार्य अन्तर्गत बहालवालारभूपू सैनिक तथा तिनका आश्रित परिवारजनलाई लक्षित गरी विविध सैनिक कल्याणकारी कार्यहरु सञ्चालन गर्दै आइरहेको छ ।