२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

जब आलियाले ६ घण्टासम्म पिसाब रोकेर राखिन्…



अ+ अ-

एजेन्सी । बलिउड अभिनेत्री आलिया भट्ट ‘द ग्रेट इन्डियन कपिल शो’ को दोस्रो सिजनमा आफ्नो फिल्म ‘जिगरा’को प्रमोशन गर्न आइन् ।

त्यहाँ उनले केही दिन अघि पेरिस फेसन विकको समयमा ६ घण्टासम्म पिसाब रोकेर राखेको बताइन् । वास्तवमा यस समयमा उनले २३ फिट लामो सारी लगाएकी थिइन् । यो लगाएर उनी वाशरूम जान सक्थिनन् ।

यस्तो अवस्थामा प्रश्न उठ्छ कि यदि कसैले ६ घण्टासम्म पिसाब रोकेर राख्यो भने त्यसको परिणाम के हुन सक्छ ? यसले स्वास्थ्यमा कुनै हानि पुर्‍याउन सक्छ ?

सामान्यतया डाक्टरहरूले तीन घण्टामा एकपटक पिसाब फेर्ने सल्लाह दिन्छन् तर कहिलेकाहीँ यस्तो अवस्था आउँछ कि पिसाब रोक्नु हाम्रो बाध्यता बन्न पुग्छ । कन्सर्टमा प्रत्यक्ष प्रस्तुति दिने राजनीतिज्ञ, खेलाडी र कलाकार तथा गायकहरूले धेरै घन्टा पिसाब रोक्नुपर्ने हुन्छ ।

धेरैजसो मानिसहरूले प्रत्येक २४ घण्टामा ६-७ पटक पिसाब फेर्छन् । यदि कुनै व्यक्तिले दिनमा ४ देखि १० पटक पिसाब फेर्दै छ र उसको जीवनमा असर परेको छैन भने उसलाई स्वस्थ मान्न सकिन्छ । डाक्टरहरूले एक स्वस्थ वयस्क व्यक्तिलाई प्रत्येक ३ घण्टामा लगभग एक पटक पिसाब गर्न सिफारिस गर्छन् ।

यो फ्रिक्वेन्सी उमेर अनुसार फरक हुन सक्छ किनभने पिसाब थैलीको आकार पनि उमेर सँग परिवर्तन हुन्छ । यो दिनभरि खपत हुने तरल पदार्थको मात्रामा पनि निर्भर गर्दछ ।