२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

जब आलियाले ६ घण्टासम्म पिसाब रोकेर राखिन्…



अ+ अ-

एजेन्सी । बलिउड अभिनेत्री आलिया भट्ट ‘द ग्रेट इन्डियन कपिल शो’ को दोस्रो सिजनमा आफ्नो फिल्म ‘जिगरा’को प्रमोशन गर्न आइन् ।

त्यहाँ उनले केही दिन अघि पेरिस फेसन विकको समयमा ६ घण्टासम्म पिसाब रोकेर राखेको बताइन् । वास्तवमा यस समयमा उनले २३ फिट लामो सारी लगाएकी थिइन् । यो लगाएर उनी वाशरूम जान सक्थिनन् ।

यस्तो अवस्थामा प्रश्न उठ्छ कि यदि कसैले ६ घण्टासम्म पिसाब रोकेर राख्यो भने त्यसको परिणाम के हुन सक्छ ? यसले स्वास्थ्यमा कुनै हानि पुर्‍याउन सक्छ ?

सामान्यतया डाक्टरहरूले तीन घण्टामा एकपटक पिसाब फेर्ने सल्लाह दिन्छन् तर कहिलेकाहीँ यस्तो अवस्था आउँछ कि पिसाब रोक्नु हाम्रो बाध्यता बन्न पुग्छ । कन्सर्टमा प्रत्यक्ष प्रस्तुति दिने राजनीतिज्ञ, खेलाडी र कलाकार तथा गायकहरूले धेरै घन्टा पिसाब रोक्नुपर्ने हुन्छ ।

धेरैजसो मानिसहरूले प्रत्येक २४ घण्टामा ६-७ पटक पिसाब फेर्छन् । यदि कुनै व्यक्तिले दिनमा ४ देखि १० पटक पिसाब फेर्दै छ र उसको जीवनमा असर परेको छैन भने उसलाई स्वस्थ मान्न सकिन्छ । डाक्टरहरूले एक स्वस्थ वयस्क व्यक्तिलाई प्रत्येक ३ घण्टामा लगभग एक पटक पिसाब गर्न सिफारिस गर्छन् ।

यो फ्रिक्वेन्सी उमेर अनुसार फरक हुन सक्छ किनभने पिसाब थैलीको आकार पनि उमेर सँग परिवर्तन हुन्छ । यो दिनभरि खपत हुने तरल पदार्थको मात्रामा पनि निर्भर गर्दछ ।