५ माघ २०८१, शनिबार
,
Latest
नेपाल भ्रमण वर्ष २०२५ को शुभारम्भ (तस्बिरहरु) रेशम र सीताको मौलिक गीतः ढल्यो लाँकुरी इरानको सर्वोच्च अदालतमा दुई न्यायाधीशको गोली हानी हत्या भारतीय अस्पतालमा भएको बलात्कारको घटनामा रोय दोषी ठहर १६ लाख किशोरीलाई क्यान्सरविरुद्धको खोप लगाइँदै पर्यटन क्षेत्रको विकासका लागि १० वर्षे कार्ययोजना तयार हुँदै ‘नेपाल वुड एक्स्पोः उत्पादित सामग्रीहरुको प्रचार प्रसारको सही माध्यम’: व्यवसायीहरु ‘पत्रकारितामार्फत मुलुकप्रतिको निष्ठा र माया बढाउन जरुरी’ स्थानीय तहको निर्वाचन गर्ने अधिकार प्रदेशलाई दिन सकिन्छः प्रमुख निर्वाचन आयुक्त थपलिया ‘कानूनी परिधिभित्र रहेर व्यापार व्यवसाय गर्ने अधिकार सबैलाई छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

नाकामा तालिम प्राप्त कुकुर परिचालन



अ+ अ-

वेदकोट । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले चाडपर्व लक्षित सुरक्षा योजना लागू गरेको छ । प्रहरी उपरीक्षक चक्रराज जोशी अनुसार जिल्लाभर आठ सय १५ सुरक्षाकर्मी परिचालन गरिएका छन् । “जनशक्ति थप गरेर सुरक्षा जाँचमा कडाइ गरिएको छ,” प्रहरी उपरीक्षक जोशीले भन्नुभयो, “चाडबाडमा शान्ति, सुरक्षा कायम गर्न योजनाबद्ध तयारी गरेका छौँ ।”

भारतसँग सीमा जोडिएको गड्डाचौकी नाकामा तालिम प्राप्त कुकुर परिचालन गरिएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयबाट तालिम प्राप्त कुकुर मगाएर सुरक्षा जाँच भइरहेको प्रहरी उपरीक्षक जोशीले बताउनुभयो । “खुला नाका भएकाले लागुऔषधलगायत विष्फोटक पदार्थ भित्रन सक्ने हुँदा तालिम प्राप्त कुकुर परिचालन गरी सुरक्षा जाँच थालिएको हो,” उहाँले भन्नुभयो ।

प्रहरीले ‘शेरा’ र ‘लैला’ नामक तालिम प्राप्त कुकुर परिचालन गरेको छ । ट्राफिक प्रहरी जनशक्ति पनि थप गरेर सवारी जाँचमा कडाइ गरेको प्रहरी उपरीक्षक जोशीले बताउनुभयो । भारतबाट आएका यात्रुका लागि गड्डाचौकी नाकामा नागरिक सहायता कक्ष राखिएको छ । महेन्द्रनगर बसपार्क, झलारी, गुलरिया, बेलौरी, पुनर्वासलगायतका स्थानका यात्रु सहायता कक्षबाट समस्यामा परेका यात्रुलाई सहयोग गरिएको छ ।