२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
फरेन्सिक ल्याव ठाउँ–ठाउँमा बनाउन नेपालको क्षमताले भ्याउँदैनः महावीर पुन अध्ययन बिदा लिएर नफर्किएका प्राध्यापकबाट १० करोड ४६ लाख रुपैयाँ फिर्ता ट्रम्पद्वारा इरानसँग युद्धविराम पुनरावलोकनको सङ्केत, तनाव र कूटनीतिक वार्ता दुवै जारी सार्वजनिक स्रोतको संरक्षण तथा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै झापामा हुरी–वर्षाले २९.९७ हेक्टर केराखेती नष्ट, करिब २ करोड १२ लाख क्षति अनुमान राप्रपामा रहँदाका चार वर्ष मेरो राजनीतिक जीवनकै पीडादायी भएः डा. धवलशमशेर जबरा राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा हामी संसदीय व्यवस्थाका निर्माता हौँ, उपभोग गर्न मात्रै आएका होइनौँः एमाले प्रमुख सचेतक महर ‘डोनाल्ड ट्रम्प’ नाम दिइएको दुर्लभ एल्बिनो भैँसी ढाका चिडियाखानामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

नाकामा तालिम प्राप्त कुकुर परिचालन



अ+ अ-

वेदकोट । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले चाडपर्व लक्षित सुरक्षा योजना लागू गरेको छ । प्रहरी उपरीक्षक चक्रराज जोशी अनुसार जिल्लाभर आठ सय १५ सुरक्षाकर्मी परिचालन गरिएका छन् । “जनशक्ति थप गरेर सुरक्षा जाँचमा कडाइ गरिएको छ,” प्रहरी उपरीक्षक जोशीले भन्नुभयो, “चाडबाडमा शान्ति, सुरक्षा कायम गर्न योजनाबद्ध तयारी गरेका छौँ ।”

भारतसँग सीमा जोडिएको गड्डाचौकी नाकामा तालिम प्राप्त कुकुर परिचालन गरिएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयबाट तालिम प्राप्त कुकुर मगाएर सुरक्षा जाँच भइरहेको प्रहरी उपरीक्षक जोशीले बताउनुभयो । “खुला नाका भएकाले लागुऔषधलगायत विष्फोटक पदार्थ भित्रन सक्ने हुँदा तालिम प्राप्त कुकुर परिचालन गरी सुरक्षा जाँच थालिएको हो,” उहाँले भन्नुभयो ।

प्रहरीले ‘शेरा’ र ‘लैला’ नामक तालिम प्राप्त कुकुर परिचालन गरेको छ । ट्राफिक प्रहरी जनशक्ति पनि थप गरेर सवारी जाँचमा कडाइ गरेको प्रहरी उपरीक्षक जोशीले बताउनुभयो । भारतबाट आएका यात्रुका लागि गड्डाचौकी नाकामा नागरिक सहायता कक्ष राखिएको छ । महेन्द्रनगर बसपार्क, झलारी, गुलरिया, बेलौरी, पुनर्वासलगायतका स्थानका यात्रु सहायता कक्षबाट समस्यामा परेका यात्रुलाई सहयोग गरिएको छ ।




भर्खरै