१५ भाद्र २०८३, सोमबार
,
Latest
शान्ति उद्यानले खोल्दैछ मनोरञ्जनसँगै आम्दानीको ढोका भोटेकोशी बाढीः उद्योग वाणिज्य सङ्घ कञ्चनपुरका अध्यक्ष मल्लद्वारा पाँच लाख सहयोग रसुवामा विद्युत् आपूर्तिका लागि साञ्जेन जलविद्युत् गृह ‘आइसोलेटेड मोड’मा सञ्चालन गरिने बाढी प्रभावितको उद्धारमा ढिलाइ नगर्न कांग्रेसको आग्रह, सांसदको तलब सहयोग गर्ने निर्णय त्रिशूली–३ बीको सुरुङमा फसेकाको खोजी गर्न सेनाले खन्ने काम तीव्र पार्‍यो नेप्से परिसूचक ४३ अङ्कले घट्यो केरुङ नाका जोड्ने अवरुद्ध सडक खुलाउन उद्धारकर्मीको प्रयास तीव्र जलवायुजन्य विपद्को क्षतिपूर्ति विकसित देशले दिनुपर्छ: अध्यक्ष ओली रसुवा बाढी : नेपाली सेनाले ३३० जनाको उद्धार गर्‍यो, सुरुङमा खोजी जारी प्रधानमन्त्री शाह र रवि लामिछानेबीच भेटवार्ता, बाढी प्रभावित क्षेत्रको उद्धार र राहतबारे छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीलाई दैवी प्रकोप उद्धार कोष रकम हस्तान्तरण



अ+ अ-

काठमाडौँ २१ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि स्वदेशी र विदेशी जलविद्युत् कम्पनी र वित्तीय संस्थाहरुले आज सहयोग रकम हस्तान्तरण गरेका छन् ।

प्रधानमन्त्री निवास बालुुवाटारमा छिमेकी भारतको सबैभन्दा ठुलो जलविद्युत कम्पनी राष्ट्रिय हाइड्रोपावर कर्पाेरेसन (एनएचपिसी) लिमिटेडका वित्त निर्देशक आरपी गोयलबाट रु १ करोड, अरुण तेस्रो जलविद्युत आयोजना लिमिटेडका प्रमुुख कार्यकारी निर्देशक प्रशान्त शर्माबाट रु १ करोड, प्रभुु बैँकका अध्यक्ष देवीप्रसाद भट्टचनबाट रु १ करोड र प्राइम कमर्सियल बैँकका अध्यक्ष राजेन्द्रदास श्रेष्ठबाट रु ३१ लाखको चेक हस्तान्तरण भएको छ ।

यसैगरी प्रभु इन्स्योरेन्स लिमिटेडका अध्यक्ष राजेन्द्र मल्लबाट रु २५ लाख, प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका अध्यक्ष शिक्षा भट्टचनबाट रु २५ लाख र प्रभुु क्यापिटलका अध्यक्ष एलपी भानु शर्माबाट रु २५ लाखको चेक प्रधानमन्त्री ओलीलाई हस्तान्तरण गरिएको छ ।

प्रधानमन्त्री ओलीले हालैको बाढी, पहिरो र डुुबानबाट प्रभावितलाई राहतका लागि कोषमा सहयोग गरेकामा सबैमा धन्यवाद दिनुुभयो ।