५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वराजा शाह र भुटानी पूर्वराजाबीच भेट



अ+ अ-

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाह र भूटानका वर्तमान राजा जिग्मे केशर नामग्याल वांगचुकका बुवा निबर्तमान राजा जिग्मे सिग्मे वांनचुक बिच डेचेन छोलिंग राजप्रसादमा  भेटवार्ता भएको छ । बिहीबार भुटान प्रस्थान गर्नुभएको पूर्वराजा शाहले आज वाङचुकसँग शिष्टाचार भेट गर्नुभएको हो ।

पूर्वराजा शाह ५ सदस्यीय टोलीसहित भुटानको भ्रमणमा निस्कनुभएको थियो ।

पूर्वराजासँग पूर्वअधिकारकुमारी (छोरी) प्रेरणा र पूर्वशाहज्यादी (भतिजी) शिताष्मा पनि हुनुहुन्छ । यस्तै, पारिवारिक सदस्य राजु सिंह पनि भ्रमण दलमा हुनुहुन्छ ।

भुटानको राष्ट्रिय ध्वजावाहक ड्रुक एयरलाइन्सबाट जानुभएको पूर्वराजालाई स्वागत गर्न बिमानस्थलमा रातो कार्पेट ओछ्याइएको थियो । भुटानकी राजकुमारी बिमानस्थलमा रिसिभ गर्न पुग्नुभएको थियो ।

स्रोतका अनुसार पूर्वयुवराज्ञी हिमानी पनि जाने तयारी थियो, तर अस्वस्थ भएर उहाँ जान सक्नुभएन । उहाँ खुट्टाको लिगामेन्टमा समस्या भएर बैड रेस्टमा हुनुहुन्छ ।